पानी बिनाको दमकल, लाइसेन्स बिनाका चालक

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

नारायण न्यौपाने
पाल्पा, चैत्र २०
अती आवस्यक साधन दमकल तथा अत्यावस्यक सुरक्षा सामग्रीको व्यवस्थापन चुस्त नहुदा तानसेन नगरपालिकाको वडा न.७ काजीपौवामा रहेको भगवती कपास उद्योगले २० लाख बढीको क्षति व्यहोर्नु परेको छ । उद्योगमा मंगलबार बिहान १०।३० मा आगलागी भएको थियो । आगलागी हुना साथ तानसेन नगरपालिकामा दमकलका लागि फोन गरेपनी ४५ मिनेट पछि मात्र दमकल पुगेको थियो । जवकी नगरपालिका र आगलागी भएको स्थान ३ किलोमिटरको दुरीमा पर्छ । ४५ मिनेट पछि पुगेको दमकलमा अन्दाजी ५०० लिटर मात्र पानी रहेको घटनाका प्रत्यक्ष दर्शी नवराज काफ्लेले बताए । उनले भने, ‘जम्मा ३ मिनेट पनी दमकलले आगो निभाउन सकेन, दमकल रित्तो आएको रहेछ त्यसैले ठुलो क्षति भयो ।
काम गर्ने क्रममा बिद्मूत मोटरमा तार स्पार्किङ भएपछी आगलागी शुरु भएको उद्योगका सञ्चालक अजय चौधरीले बताए । ‘दमकल समयमै नआएका कारण ठुलो क्षती भयो, मेशिन जल्ने थियन तर दमकल आएन मानिस जाने स्थिती भएन’ सञ्चालक चौधरीले भने, ‘दमकल सबै जलेर नष्ट भएपछी आयो के गर्ने ।’
तानसेन नगरपालिकाको दमकल ५ हजार ५ सय लिटर क्षमताको हो ,यस अघिका घटनामा पनी दमकल समयमा नपुग्ने तथा दमकलमा अट्ने क्षमता जति पनी पानी नहुदा क्षति भएको बताइन्छ । सानो पाइप प्रयोग गर्दा १ घण्टा र ठुलो पाइप प्रयोग गर्दा २० मिनेट आगो निभाउन पानीको फोहोरा फाल्न सकिने नगर प्रहरी प्रमुख जय प्रकाश उप्रेतीले बताए । तर कपास उद्योगमा आगलागी हुदा जामा २ देखि ३ मिनेट मात्र पानीको फोहोरा फालिएको थियो । नाम नखुलाउने सर्तमा नगरपालिकाका एक जना कर्मचारीले गाडी धुन पनी दमकलकै पानी प्रयोग गर्ने गरेको कारण दमकलमा तयारी अवस्थामा पानी नहुने गरेको बताउछन ।
दमकल चालक सँग लाइसेन्सनै छैन
बिना प्रतिशपर्धा नियुक्त गरिएका दमकल चालक सँग चालक अनुमति पत्र समेत छैन । ३ महिना अगाडि नगरपालीकाले अत्याबस्यक सवारी साधन दमकल चलाउन चालक अनुमती पत्रनै नभएका सन्तोष दर्जिलाइ जिम्मा दिएको हो । दर्जी फोहोर सँकलन गर्ने नगरपालीको सवारी चालक हुन । आफुसंग दमकल चलाउन अनुमति पत्र नभएको उनले स्विकार गर्छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सहि डम्बर बहादुर गिरीे ट्रिपर चलाउने चालक अनुमति पत्रले दमकल चलाउन नमिल्ने बताए । उनि भन्छन, ‘दमकल हेभि भेइकल हो अनि संबेदनशिल पनि ट्रिपर चलाउनेले दमकल चलाउन मिल्दैन ।’
नगरपालिकाका मेयर अशोक कुमार शाहीले ट्रिपर चलाउनका लागि दर्जिलाइ नियुक्त गरिएको र आवस्यक परेको बेला दमकल चलाउन लगाइने बताए । ‘काम चलेकै छ किन अर्को चालक चाहियो र ?’ शाहिले भने, ‘काम चले भैहाल्यौ नी ।’
दमकल चालक दक्ष नहुँदा समयमा घटना स्थल नपुग्ने समस्याले क्षति बेहोर्न परेको पिडितहरुको भनाइ छ ।