सरकारले जनमत अनुसारको काम गर्न नसकेको नेपाली काँग्रेसकी नेतृ संग्रौलाको भनाई

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा
१७ चैत्र २०७५
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद डा. डिला संग्रौलाले जनताले बर्तमान सरकारलाई दुई तिहाई मत दिएपनि मत अनुसारको कुनै पनि राम्रो काम गर्न नसकेको बताउनुभयो । कांग्रेस नेतृ संग्रौलाले केपि ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिडेको उल्लेख गर्दै सरकारले संस्थागत रुपमै भ्रष्टाचारमा सक्रिय रहेको, प्रधानमन्त्रीलाई असिमित अधिकार प्रदान गरेर मलुकमा अभिनायकवाद तर्फ ल्याउने अभियान थालिएको आरोप समेत लगाउनुभयो ।
नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय सांसद समेत रहनुभएकी नेपाली काँग्रेस नेतृ संग्रौलाले सदन, सडक, संघठनमा काग्रेसको सक्रियता बढाउन, विधि निति नियम विपरित भएका कामहरुको विरुद्ध सत्याग्रह र पार्टी भित्र सहमति, सहकार्य र एकताको नारा लिएर अभियानमा हिडेको नेतृ संग्रौलाको भनाई छ । शाखा सभापति भरत शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मन गहिरे र सञ्चालन सचिव रामचन्द्र रायमाझीले गर्नुभएको थियो।