०७५ को कमलराज वर्ष पुरस्कार स्वास्थ्यकर्मी विश्वमान वज्राचार्यलाई

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा १७, चैत्र
यसवर्षको कमलराज वर्ष पुरस्कार–२०७५ पाल्पाली स्वास्थ्यकर्मी एवम् समाजसेवी विश्वमान बज्राचार्यलाई प्रदान गरिएको छ । स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले शनिबार तानसेनमा अभिनन्दन समारोहको आयोजना गरी बज्राचार्यलाई दोसल्ला र अभिनन्दन पत्र सहित नगद २५ हजार राशीको पुरस्कार प्रदान गरेको हो ।

स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले गतवर्षदेखि सञ्चालन गर्दै आएको कमलराज रेग्मी वर्ष पुरस्कार यस वर्ष सामाजिक क्षेत्रमा विशेष सक्रियताका साथ योगदान पु¥याएको भन्दै विश्वमान बज्राचार्यलाई प्रदान गरेको हो । वरिष्ठ पत्रकार मेघराज शर्मा र प्रतिष्ठानका संरक्षक प्रा।डा। प्रकाशराज रेग्मीले बज्राचार्यलाई पुरस्कार प्रदान गरेका थिए । बज्राचार्यलाई प्रदान गरिएको पुरस्कार दोस्रो हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कार यसअघि समाजसेवी एवम् साहित्यकार झपेन्द्र जि।सी।लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्माले प्रतिष्ठानले योग्य व्यक्तिलाई पुरस्कृत गरेकोले सवै पाल्पालीहरू पुरस्कृत भएको अनुभूति भएको बताउनुभयो।

कार्यक्रममा प्रा।डा।प्रकाशराज रेग्मीले सामाजिक क्षेत्रका व्यक्तिलाई उत्प्रेरित गर्ने गरी पुरस्कार प्रदान गर्न र आफ्नो परिवारको विषयलाई मात्र विशेष जोड दिनुभन्दा सामाजिक व्यक्तित्वका लागि उत्प्रेरणा जगाउने गरी पुरस्कार प्रदान गर्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो।

साहित्यकार डा। शंकर गैरेले सत्कर्म गर्नेहरूप्रतिको सम्मान प्रशंसनीय भएको बताए । यस्तैगरी साहित्यकार हिमलाल ज्ञवाली, तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठक लगायतले प्रेरक कार्यलाई निरन्तरता दिनु सुझावसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रतिष्ठानका कार्यसमिति सदस्य भोजराज भट्टराईले प्रकाश पार्दै पाँच सदस्यीय समितिले विभिन्न आधारहरू र परामर्शदाताको रायबाट पुरस्कृत व्यक्तित्व छनोट गरेको बताउनुभयो ।

कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष रोहित ज्ञवाली र अध्यक्षता पुष्करराज रेग्मीको थियो । कार्यक्रमको संचालन महासचिव चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो भने विभिन्न साहित्यिक संघ संस्थाका व्यक्तित्वहरूको सक्रिय सहभागिता थियो ।