पत्रकार कुटपिटको सर्वत्र आलोचना, तानसेन वजार वन्द जारी

राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पापाटी
१७ चैत्र, पाल्पा
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय वौडेल कुटिएको घटना प्रति विभिन्न संघ सस्थाले भत्सना र खेद ब्यक्त गरेका छन् ।

तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्र दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आएको समूहले उनीहरुलाई कुट्पिट गरेका थिए ।

नेपाल पत्रकार महासंघमा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय वौडेल कुटिएको घटना प्रति विभिन्न संघ सस्थाले भत्सना र खेद ब्यक्त गरेका छन् । पत्रकारलाई समाचार लेखन तथा प्रकाशन गरेको रिसमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउदै हातपात गरेको घट्नामा पाल्पाका विभिन्न संघ सस्थाले विज्ञप्ती,सामाजीक संजाल लगाएतवाट विरोध गर्दे दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश तथा जिल्ला, प्रेश सेन्टर नेपाल पाल्पा,प्रेश चौतारी नेपाल पाल्पा, लगाएत विभिन्न संघ सस्था लगाएत राजनैतिक दल,विद्यार्थी संघ संगठनहरुले समेत विज्ञप्ती मार्फत खेद प्रकट गरेका छन् ।
शुक्रवार दिउसो पत्रकार विजय वौडेललाई कुटपिट गरेपछी अवस्था बुझन आएका पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याललाई आक्रामक शैलीमा कुटपिट भएको थियो ।

तानसेन वजार  बन्द रहेको छ । शैक्षिक सस्थाहरुमा पठनपाठन नभएपनि पूर्वनिर्धारीत परीक्षाहरु भने यथावत संचालन हुने बुझिएको छ । तम्घास बाट बुटवल जाने सवारीसाधनहरु होलाङदी वाइपास हुदै संचालन भएका छन् । सार्वजनिक सवारीसाधनहरु संचालन नभएपनि कतिपय नीजि सवारीसाधनहरु भने संचालन भएका छन् । पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सहित अन्य व्यवसायीहरुलाई प्रहरी प्रशासनले विना सर्त नछाडेसम्म अनिश्चितकालिन बन्द जारी रहने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभएको हाम्रा सहकर्मी नारायण न्यौपानेले जनाउनुभएको छ ।
तानसेन होलाङ्दी ढुङगाखानी सडक विस्तार सम्बन्धी समाचार प्रकाशन गरेका कारण शुक्रवार पत्रकार विजय वौडेललाई आन्दोलनरत समूहले कुटपिट गरेको थियो । पत्रकार कुटपिटको विषयमा बुझन आउनुभएका पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याललाई पनि सोही समूहले कुटपिट गरेपछी प्रहरीले पाल्पा उद्योग वाणिज्य सघका उद्योग उपाध्यक्ष सहित अन्य २ जना व्यवसायीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका ३ जनालाई नै विना शर्त रिहाईको माग गर्दै पाल्पा उद्योग वाणिज्य संघले अनिश्चितकालिन पाल्पा बन्दको घोषणा गरेको हो ।