पत्रकार कुटिएको घटना प्रति विभिन्न संघ संस्थाको ध्यान आकर्षण

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा,१६ चैत्र । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय वौडेल कुटिएको घटना प्रति विभिन्न संघ सस्थाले भत्सना र खेद ब्यक्त गरेका छन् ।

   

तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्र दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आएको समूहले उनीहरुलाई कुट्पिट गरेका थिए ।

नेपाल पत्रकार महासंघमा अध्यक्ष राजेश कुमार अर्याल र शाखा सदस्य विजय वौडेल कुटिएको घटना प्रति विभिन्न संघ सस्थाले भत्सना र खेद ब्यक्त गरेका छन् ।
पत्रकारलाई समाचार लेखन तथा प्रकाशन गरेको रिसमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउदै हातपात गरेको घट्नामा पाल्पाका विभिन्न संघ सस्थाले विज्ञप्ती,सामाजीक संजाल लगाएतवाट विरोध गर्दे दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश तथा जिल्ला, प्रेश सेन्टर नेपाल पाल्पा,प्रेश चौतारी नेपाल पाल्पा, लगाएत विभिन्न संघ सस्था लगाएत राजनैतिक दल,विद्यार्थी संघ संगठनहरुले समेत विज्ञप्ती मार्फत खेद प्रकट गरेका छन् ।
शुक्रवार दिउसो पत्रकार विजय वौडेललाई कुटपिट गरेपछी अवस्था बुझन आएका पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याललाई आक्रामक शैलीमा कुटपिट भएको थियो ।