२० महिनामा ३ उजुरी

तानसेन तिनाउ निस्दी पाल्पा विविध पूर्वखोला माथागढी रम्भा रामपुर राष्ट्रिय रिव्दीकोट रैनादेवी वगनासकाली समाचार

विष्णु घिमिरे
पाल्पा १० चैत्र

निस्दी गाउपालिकामा सबैभन्दा थोरै उजुरी दर्ता भएका छन् । निस्दी गाउपालिकाका उपाध्यक्ष रीता कुमारी अर्यालका अनुसार अहिलेसम्म ३ वटा मात्र उजुरी दर्ता भएका छन् । जसमा १ वटा मात्र समाधान भएको छ । १ वटा चलिरहेको छ र २ वटा अन्यात्र पठाइएको छ । न्यायीक समितिको अधिकार क्षेत्र भन्दा वाहिरका उजुरीहरु दर्ता नगरीकन अन्यात्र पठाएका छौं, न्यायीक समिति अध्यक्ष अर्यालको भनाई छ ।
रामपुरमा २ सय ६ वटा उजुरी दर्ता
पाल्पा जिल्लाका १० स्थानीय तहहरुमध्ये सवैभन्दा बढी रामपुर नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता भएका छन् । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरेका अनुसार अहिलेसम्म २ सय ६ वटा उजुरी दर्ता भएका छन् । जसमा १ सय १५ वटा टुङगो लागेका छन् भने ८५ वटा अहिले पनि चलिरहेका छन् ।

६ सय दिनमा ३ सय ५६ उजुरी
स्थानीय तहको निर्वाचन पछाडी पाल्पा जिल्लाका १० स्थानीय तहहरुमा ३ सय ५६ उजुरी दर्ता भएका छन् । गत २०७४ असार १४ को स्थानीय तह निर्वाचन भएपछी वनेको न्यायीक समितिहरुमा अहिलेसम्म २ सय २६ उजुरी समाधान भएका छन् । त्यसैगरी २८ उजुरी न्यायीक समितिहरुले अन्य निकायमा पठाएका छन् भने १ सय ३ वटा उजुरी अहिलेपनि चलिरहेका छन् ।