तानसेन नगरपालिकाद्धारा जिल्ला अस्पतालमा छड्के, रजिष्टरमा हाजिर छैन, डिजिटल मेसिनले काम गर्दैन

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा ८ चैत्र
जिल्ला अस्पतालको सेवा प्रति जनगुनासो बढ्दै गएपछी शुक्रवार तानसेन नगरप्रमुख अशोक कुमार शाहीको टोलीले छड्के अनुगमन गरेको छ ।
जिल्ला अस्पताल पाल्पाले सेवा राम्रो दिन नसकेको, औषधी नपाएको चौतर्फी गुनासो बढेपछी नगरपालिकाले अनुगमन गरेको हो । शुक्रवार १० वजे गरिएको छड्केमा जिल्ला अस्पतालका कर्मचारीहरु कार्यालय समयमा कार्यालय नै नआएको, आएका कर्मचारीहरुले पनि हाजिरी नगरेको पाइएको छ । हाजिरी रजिष्टर व्यवस्थित नभएको, डिजिटल हाजिरी मेसिन भएपनि प्रयोग नगरी थन्क्याएर राखेको पाईएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
त्यस्तै अस्पतालमा भर्ना गरि विरामी राख्ने कक्ष सफा नभएको, वेड विस्तारा सफा नभएको पाइएको छ । छड्केमा अस्पतालका निमित्त प्रमुख डा.पुष्पराज ज्ञवालीले गल्ती स्वीकार गर्दै आगामी दिनमा सच्याउने बताउनुभयो ।

यो पनि पढ्नुहोस ।
शुक्रवार तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, प्रमुख प्रशाशकिय अधिकृत कृतनराज पौडेल, जिल्ला समन्वय समितिकी उपसभापति मिरा मरासिनी र पत्रकारहरुको टोली १० वजे जिल्ला अस्पताल पुग्यो ।
अस्पताल पुग्नासाथ हाजिरी रजिष्टर हेर्ने भनेपछि अस्पतालका निमित्त प्रमुख डा. पुष्पराज ज्ञवालीले हाजिर हेर्न दिनुभएन । जिल्ला प्रशासन कार्यालयको चिठी ल्याउनुस अनीमात्र दिन्छु भन्दै हाजिर रजिष्टर लुकाउन थाले । तानसेन नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृतनराज पौडेल अघी सरेर मागेपछी मात्र हाजिर रजिष्टर देखाए ।

रजिष्टरमा हाजिर छैन, डिजिटल हाजिरी मेसिन प्रयोग नभएको वर्ष दिन
शुक्रवार तानसेन नगरपालिकाले जिल्ला अस्पताल पाल्पामा छड्के अनुगमन गरेको छ । नगरप्रमुख अशोक कुमार शाहीको नेतृत्वमा गरिएको अनुगमनमा हाजिरी रजिष्टरमा हाजिर नभएको भेटिएको छ । त्यस्तै डिजिटल हाजिरी मेसिन जडान गरिएको १ वर्ष बढी भयो अहिलेसम्म प्रयोग गरिएको छैन । तत्काल हाजिरी मेसिन वनाउन र व्यवस्थित गर्न निर्देशन दिएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।