१५ वेड ३ विरामी

पाल्पा विविध राष्ट्रिय समाचार

विष्णु घिमिरे
पाल्पा ८ चैत्र
१५ शैयाको जिल्ला अस्पताल पाल्पामा ३ जना मात्र विरामी छन् । १ जना पुरुष र २ जना महिला गरी ३ जना भर्ना भएका छन् भने वाँकी १२ वटा वेडहरु खाली छन् ।
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. पुष्पराज ज्ञवालीका अनुसार अस्पतालमा दैनिक ३ सय बढी विरामी आउछन् । जसमा १ सय ५० वढी विरामी अन्यात्र रिफरल हुन्छन् ।
उता जिल्लाकै सबैभन्दा ठूलो लुम्बिनी मेडिकल कलेजमा ५ सय शैया छन् जसमा २ सय ५० बढी विरामी भर्ना छन् । त्यस्तै मिशन अस्पतालमा १ सय ६९ वेड छन् जसमा १ सय ४० वेडमा विरामी छन् ।
व्यवस्थापन फितलो
जिल्ला अस्पताल पाल्पाको व्यवस्थापन फितलो भएका कारण विरामीहरु रिफरल लिन मात्र अस्पताल आउछन् । रैनादेवी छहराकी बटला कुमाल आफ्नो विरामीलाई अस्पतालमा भर्ना गर्दा पनि औषधी वाहिरैबाट किन्नुपरेको बताउनुहुन्छ । विमा गर्दा पनि औषधी वाहिरै किन्न परेपछी अस्पतालमा भर्ना गरेर के फाइदा भयो उहाँको प्रश्न छ ।
अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. पुष्पराज ज्ञवाली अहिले पनि अस्पतालमा ६० प्रकारका निशुल्क औषधी भएको जिकिर गर्नुहुन्छ तर विरामी भने सामान्य औषधी पनि नपाएको गुनासो गर्छन् ।

यो पनि पढ्नुहोस
गुनासो धेरै सेवा थोरैः जिल्ला अस्पताल
वटला कुमाल रैनादेवी छहराबाट टिनले काटेको विरामी लिएर जिल्ला अस्पताल पाल्पामा आउनुभयो । अस्पतालले औषदी दिएन, वाहिरबाट किनेर ल्याउन भन्यो, २ सय रुपैयामा घाउमा लाउने औषधी ल्याएकी वटला भन्नुहुन्छ, विमामा परेको औषधी पैसा तिरेर किन्नुपर्ने भएपछि विमा किन गर्नुपरो ।
आजभोली जिल्ला अस्पताल पाल्पामा उपचार गर्न आउने जो कोही गुनासो गर्छन् । वगनासकाली १ चिर्तुङधाराकि गंगा विक उपचार गर्न लुम्बिनी मेडिकल कलेज गएको तर विमा भएका कारण सरकारी अस्पताल गएर रिफरल ल्याउनु भने, जिल्ला अस्पताल आउदा, औषधी वाहिर किन्न पर्छ, यहाँ पाइदैन भनेर फर्काए । एक दिनमा हुने काम २ दिन लाग्यो त्यहिपनि वाहिर औषधी किन्न पर्ने झनै झन्झट भयो । गंगाको गुनासो छ ।
उता रैनादेवीबाट जिल्ला अस्पतालमा उपचार गर्न आउनुभएकी लक्ष्मी घिमिरेको गुनासो पनि उस्तै छ, उहाँ भन्नुहुन्छ, विरामीको संख्या धेरै, कर्मचारीहरु थोरै, भएकापनि घाम तापेर बस्छन् ।
स्वास्थ्य बिमा लागु नहुदै दैनिक ५ देखी १० जना बिरामी मात्रै आउने अस्पतालमा अहिले दैनिक ३०० बढी बिरामी आउने गरेका छन । सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण नगरी अन्य सुबिधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गत उपचार गर्न नपाइने भए पछि जिल्ला अस्पतालमा बिरामीको भिड लाग्ने गरेको छ । तर बिरामीले सामान्य ड्रेसिङको समेत सुविधा पाउन सकेका छैनन । जिल्ला अस्पतालमा ६ जनाले विरामी जाँच गर्दछन् ।
प्रेमनारायण गैरे वगनासकाली ७ खानिगाउबाट उपचार गर्न जिल्ला अस्पताल आउनुभयो, जाच गर्ने वित्तिकै, औषधी छैन वाहिर किन्नुस भन्छन्, विरामीले दुख पाउने थलो बनेको उहाँको गुनासो छ ।
सरकारले बिमा बाहेक ७२ थरिका औषधि निशुल्क ब्यावस्था गरेको छ । बिमा गरेकाले १ हजार १ सय ४१ थरिका औषधि निशुल्क पाँउछन तर अस्पतालमा सामान्य निमुनिया ग्यास्ट्रिक भएका बिरामलिाइ दिने औषधि समेत छैन । विमाका विरामीहरुलाई रिफरल गर्ने केन्द्र मात्र वनेको छ, जिल्ला अस्पताल ।
जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.पुष्पराज ज्ञवाली औषधी अभाव भएको बताउनुहुन्छ । औषधीको अभाव छ । हामीसंग प्रयाप्त औषधी छैन् ।
हामीले रिफरल दिने भन्दा पनि विरामीहरु उल्टै जान्नेभएर रिफरल माग्छन् । डा ज्ञवालीको भनाई छ ।

२०७५ फागुन २७ गते प्रशारित