परम्परा जोगाउन फागु महोत्सव

पाल्पा विविध रिव्दीकोट

पाल्पा ७ चैत्र

१० वर्ष अघिसम्म जतासुकै ट्याम्को, ढोलक, खैजडी, मजुरा बजाएर फागु खेल्ने पूरानो संस्कृति बिस्तारै हराउदै गएको छ । त्यस्ता बाजा बजाएर घरघरमा फागु खेल्ने र रमाइलो गर्ने चलन अहिले भने कतै कतै मात्र देख्न सकिन्छ । तर रिब्दीकोट गाउपालिकाको भैरवस्थानमा भने यो वर्षपनि फागुको रौनक देखिएको छ ।
रिब्दीकोट गाउपालिका, भैरवस्थान मन्दिर व्यवस्थापन समिति र भैरवस्थान वडा कार्यालयले परम्परा जोगाउन परम्परागत फागु महोत्सव नै गरको छ ।

परम्परागत फागु जोगाउन पाल्पाको रिब्दीकोट गाउपालिकामा राखेको फागु महोत्सवमा १३ समूहले भाग लिएका छन् । ट्याम्को, ढोलक, मादल बजाएर उनीहरुले परम्परागत गीत गाउदै नाच्दै रमाइलो गरेका थिए । महोत्सवमा विभिन्न गाउबाट झाकी सहित परम्परागत फागु खेल्दै जम्मा भएका थिए । यस्तो महोत्सवले परम्परालाई पुनः जागृत गराउने भैरवस्थानका वडाध्यक्ष दुर्गा खनालले बताउनुभयो,

महोत्सवमा ढेकुलडांडा, रानीठांटी, देउराली, खस्यौली, पालुङमैनादी, फेक, ठिमुरे, ख्याहा, कुसुमखोला लगायतबाट परम्परागत शैलीमा टेम्को, ढोलक बजाएर नाच्दै गाउ“दै आएका थिए । फागु गीतमा कृष्ण चरित्र र रामायण गाउदै, रमाईलो गरेर फागु महोत्सवमा सहभागिता जनाएका थिए । भैरवस्थानको प्रचारप्रसारका साथै होलीको चीर जलाइने भैरवस्थानमा धुलो उडाउने तिथि आज परेकाले फागु महोत्सव राखिएको कार्यक्रम संयोजक तथा गाउ“पालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो