कला संस्कृतीको जर्गेना गर्न भैरवस्थानमा मेला

राष्ट्रिय रिव्दीकोट समाचार

पाल्पा ६ चैत्र

कला संस्कृतीको जर्गेना गर्न पाल्पाको रिब्दीकोट गाउपालिका ४ भैरवस्थानमा मेला आयोजना गरिने भएको छ ।
कला र सस्कृतीको खानी रिब्दीकोटको प्रचार प्रसार र जर्गेना गर्न एक हप्ते मेला आयोजना गर्न लागिएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यहि चैत्रको ७ गते देखी १३ गते सम्म रिब्दीकोट ४ भैरवस्थानमा मेला आयोजना गरिएको मूल आयोजक समितिले जनाएको छ ।
रिब्दीकोट गाउपालिका र भैरवस्थान मन्दिर संरक्षण समितिको आयोजनामा मेला गर्न लागिएको रिब्दीकोट ४ भैरवस्थानका वडा अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो ।
७ गते फागु विशेष कार्यक्रम हुनेछ । गाउपालिकाका सबै वडाहरुबाट फागुटोलीहरु समावेश भई फागु खेल्ने कार्यक्रम रहेको छ । त्यसैगरी भैरवस्थान मन्दिर सरसफाई, रक्तदानका साथै रिब्दीकोटका कला, सस्कृतीहरुको जर्गेना गर्ने खालका कार्यक्रमहरु एक हप्ता सम्म गरी रिब्दीकोटलाई चिनाउन खोजिएको गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताउनुभयो ।
चैत्र १३ गते विश्व रंगमञ्च दिवसको अवसर पारेर रिव्दीकोट गाउँपालिका भित्रका कला संस्कृति झल्किने झाँकी सहितको ¥याली प्रदर्शन गर्दै एक हप्ते मेला समापन गरिने भैरवस्थान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले जानकारी दिनुभयो ।