पाल्पामा पनि होली (फागु)

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा ६ चैत्र
होली हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व मनाउन लागिएको किंवदन्ती पाइन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ।
होली रङ्गहरूको चाड पनि हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । वालवालिका देखी वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा–युवतीहरू गीत गाउँदै(नाच्दै होली खेल्छन् ।
यस पर्वलाई फाल्गुणको महिनामा मनाउने भएका कारण यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार(साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका सवैले उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि लिङ्गोलाई ढालेर जलाएपछि होली समाप्त भएको ठानिन्छ ।
पाल्पा जिल्लामा पनि वुधवार होली पर्व मनाइएको छ । खासगरी ग्रामीण क्षेत्रहरुमा टेम्को बजाउदै फागु खेलिएको छ, भने तानसेन वजारमा रंगहरु दलेर रमाइलो कार्यक्रमहरु गर्दै फागु पर्व मनाइएको छ ।