माथागढी ३ कसेनीमा ५ सय ११ धारा जडान

पाल्पा विविध माथागढी राष्ट्रिय समाचार

पाल्पा फागुन २५
विष्णु घिमिरे
पाल्पा जिल्लाको माथागढी ३ कसेनीका ५ सय ११ घरमा पानीका धारा जडान भएका छन् । ग्रामिण खानेपानी तथा सरसफाइ कोष बिकास समितीको आर्थिक र सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको प्राविधिक सहयोगमा ५ सय ८ घर, २ विद्यालय र १ सस्थामा ५ सय ११ वटा धारा जडान गरिएको हो ।
योजना निर्माण गर्दा ७२ लाख ७१ हजार खर्च भएको छ भने उपभोक्ताले २१ लाख वरावरको श्रमदान गरेका थिए । यसै विच शनिवार उक्त योजनाको नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रयत्नशिल रहेको बताउनुभएको छ । मन्त्री मगरले एक घर एक धारा, एक घर शौचालय कार्यक्रम अगाडि बढाइएको पनि जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा उद्घाटन कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य नारायण आचार्य, फण्डबोर्डका कार्यकारी निर्देशक, जिल्ला समन्वय समिति सभापति दयाराज बस्याल, प्रमुख जिल्ला अधिकारी मनोहर  खनाल, माथागढी गाउपालिकाका अध्यक्ष शन्तोष थापा लगायतले वोल्नुभएको थियो ।
१७ वर्ष देखि ग्रामिण खानेपानी तथा सरसफाइ कोष बिकास समिती सङ्गको सहकार्यतामा पाल्पा र स्याङ्जा जिल्लामा गरि सामाजिक स्रोत बिकास केन्द्र नेपाल, तानसेन पाल्पाले २९ वटा खानेपानी योजनाहरु सम्पन्न गर्न सहयोग गरेको थियो । दशौ ब्याच अन्तरगत २०७३ देखि २०७५ सम्म पाल्पा जिल्लामा कसेनी संगै ६ वटा योजना संचालन गर्न सहयोगि सस्थाको रुपमा सहयोग गरेको सामाजिक श्रोत विकास केन्द्रका निर्देशक चोपलाल गिरीले जानकारी दिनुभयो ।