अर्गली स्वास्थ्य इकाईबाट फिजियोथेरापी सेवा संचालनमा

तानसेन समाचार

पाल्पाः तानसेन नगरपालिका–१४, अर्गलीमा पहिलो पटक फिजियोथेरापी मेसिन सञ्चालनमा ल्याएको छ । अर्गली स्वास्थ्य इकाइबाट फिजियोथेरापी मेसिन सेवा सञ्चालनमा ल्याएको हो । फजियोथेरापी मेसिन सेवा सलनमा आएपछि स्थानीयबासिन्दामा खुसी ल्याएको छ । दूई थान थेरापी मेसिन रहेका छन् । एउटा स्वचालित छ भने अर्को म्यानुअल मेसिन स्वास्थ्य इकाईमा जडान गरिएको छ ।

आधुनिक मेसिनबाट हाड, जोर्नी र नसाहरूको लागि यो निकै फलदायी हुने मेसिन कम्पनीका कर्मचारी बालाराम श्रेष्ठले बताउनुभयो । महिला, बालबालिका तथा जेष्ट नागरिक मन्त्रालयको ५ लाख आर्थिक सहयोगमा फिजियोथेरापी मेसिन सञ्चालनमा ल्याएको हो ।
पाल्पा, स्याङ्जा गुल्मी र अर्घाखाँची जिल्लाका महिला, बालबालिका तथा जेष्ट नागरिकले फिजियोथेरापी सेवा पाउने समितिका सचिव संजय भट्टराईले बताउन भयो । फिजियोथेरापीका विरामी यो सेवाका लागि जिल्ला सदरमुकाम तानसेन र बुटबल धाउनुपर्ने बाध्यता मेसिन सञ्चालनपछि हटेको छ । गाउँमा हाडर्जोनी तथा नसाका बिरामीहरु मेसिन सञ्चालनपछि खुसी बनेका छन् ।

वडाध्यक्ष कमल रानाबाट वडास्तरबाट नै फिजिथेरापी मेसिन सञ्चालनमा आएपछि हाड, जोर्नी र नसाका विरामील सेवा लिन सहज हुने बताउनुभयो । दैनिक रुपमा थेरापी सेवाका तानसेन नगरपालिका प्राविधिक विशाल ओलीले थेरापी मेसिनको प्रयोग गरी लाभ लिन सवैलाई अनुरोध गर्नुभयो । थेरापी सेवा लिएपछि निकै आराम मिलेको बताउनुभयो ।

पाल्पा विकास मञ्चको सस्थापक अध्यक्ष प्रेम शाही (समुन्द्री)को पहलमा अर्गलीमा फिजियोथेरापी मेसिन सञ्चालनमा ल्याउनुभएको हो । उहाँले लामो समयको पहलमा मेसिन ल्याउन सफल भएको बताउनुभयो । शाही लामो समयदेखि दलित अधिकारको लागि समय खर्चिनुभएको छ ।  शाहीका अनुसार तानसेन नगरपालिका–१४, अर्गली गुल्मी र स्याङजा जिल्लासँग सीमाना जोएिकोले तीन जिल्ला नागरिकले सेवा लिन पाउने छन् । गरीव तथा विपन्न समुदायका लागि गाउँघरमा नै सञ्चालित सेवा लिई निरोगी बन्न शाहीको अनुरोध छ ।