रम्भा गाउपालिकाद्धारा प्राविधिक तालिम संचालन

पाल्पा विविध रम्भा राष्ट्रिय समाचार

विकास काफ्ले
पाल्पा, १४ फागुन
रम्भा गाउपालिकाले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत युबा लक्षित कार्यक्रम तर्फ हाउसवयरिङ,प्लम्बिङ तथा फ्रिज मर्मत तालिमको आज यक समारोह बिच गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भन्डारिले समुद्घाटन गरनुभयको छ।गाउपालिका भित्रका युबाहरूलाइ स्वरोजगार बनाउने अभिप्रायले गाउपालिकाले बिगत आर्थिक बर्ष देखि नै यस्ता स्वरोजगारमुखि तालिम संचालन गरदै आयको छ जसको निरन्तरता स्वरूप यश बर्ष गाउपालिकाको ४ नं वडा हुमिनमा गाउपालिका भित्रका ५० जना युबाहरूको लागि तालिम संचालन गरन लागियको छ।

तालिम उद्घाटन समारोहमा गाउपालिका भित्रका सबै वडा अध्यक्षहरू,राजनितिक दलका प्रतिनिधिहरू ,प्रमुख प्रशासकिय अधिकृत,तथा गाउपालिका अध्यक्ष,उपाध्यक्ष लगायतले शुभकामना दिनुभयको थियो,रम्भा गाउपालिका युबा संजालका अध्यक्ष आशिष श्रेष्ठ को अध्यक्षता तथा मिलन काफ्लेको संचालनमा कार्यक्रम चलेको थियो।यसकालागि गाउपालिकाले रू१९लाखको आर्थिक सहयोग गरेको छ भने तालिमको ब्यबस्थापन आधिखोला टेक्निकल यण्ड यजुकेशन प्रा।लि।ले गरेको छ गाउपालिकाले महिलाहरूकोलागि पनि यस्तै खाले स्वरोजगार तथा सिपमुलक तालिम संचालन गरिने जनायको छ।