प्रभासमा आयोजित ११ दिने महायज्ञको समापन, गणेशधाम निर्माणले पाल्पाकै पर्यटन प्रर्वद्धन हुने पूर्वमन्त्री पाण्डेको भनाई

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

पाल्पा १२ फागुन
तानसेनको तेल्घा स्थित प्रभासमा गणपति महानुष्ठान तथा महायज्ञ सकिएको छ । फागुन १ देखी ११ गते सम्म चलेको महायज्ञको शनिवार एक कार्यक्रमका विच समापन गरिएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले महायज्ञ पैसा आर्जनका लागी नभई गणेशधाम निर्माणले पाल्पाको पर्यटन विकासमा टेवा पुग्ने वताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले गणपति महानुष्ठान चलप्रतिष्ठा भएको बताउादै, तानसेन गफाचौरमा गणेशधाम निर्माण गरी गणेशको मूर्ती लैजाने बताउनुभयो ।
गत फागुन १ गते देखी ११ गते सम्म ११ दिन संचालित महाअनुष्ठानमा हजारौ भक्तजनहरुको सहभागिता रहेको यज्ञ सम्पादन मूल समितिले जनाएको छ ।
महायज्ञमा इश्वरकृष्ण महाराज ले कथावाचन गर्नुभएको थियो ।
तानसेन टुडिखेलमा लामो समयसम्म राखिएको गणेश मूर्तीलाई तेल्घा स्थित गुफाचौरमा लैजान महायज्ञ गरिएको हो । ्पापाटीलाई जानकारी दिनुभयो ।
महाअनुष्ठानमा सवा करोड लडडु तथा दुवो चडाइएको थियो भने, ५० वर्ष उमेर पुगेका भक्तजनहरुको सामुहिक तुलादान गरिएको थियो ।