जग्गा रजिष्ट्रेसनको राजश्व रु.एक करोड ६१ लाख

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, ९ फागुन
भूमि सुधार तथामालपोत कार्यालय पाल्पामा चालुआर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड ६१ लाख ५२ हजार ३७ रुपैयाँ राजश्व संकलनभएको छ ।

तानसेन नगरपालिका र ८ गाउपालिकाको जग्गाकारोबार गर्दा रजिष्ट्रेसनको ६० प्रतिशत स्थानीयतहमा र ४० प्रतिशतप्रदेशको खातामाजम्माहुँदै आएको छ । चालु आवको छ महिनामा सवैभन्दा बढी राजश्व संकलनतानसेन नगरपालिकाबाटभएको छ ।

सवैभन्दाकमपूर्वखोला गाउपालिकाबाट भएको मालपोत कार्यालयपाल्पाले जनाएकाउ छ । तानसेननगरपालिकभित्रशहरी क्षेत्र बढी भएकोले जग्गाको कारोबार बढी हुर्दै आएको छ । अन्य आठ स्थानीयतहमाबजार विस्तार हुननसक्दा ग्रामीण क्षेत्रको कारोवार र राजश्व समेत कमी रहेको छ ।

भूमि सुधार तथामालपोत कार्यालय पाल्पातानसेन नगरपालिकाकाको रजिष्ट्रेसनवापत एक करोड ८ लाख ३३ हजार सात ६ रुपैयाँ, निस्दीगाउपालिकाको ५ लाख ५० हजार चार सय ४० रुपैयाँपूर्वखोलागाउपालिकाको ३ लाख १५ हजार ५६७ रुपैयाँ संकलनभएको छ ।

रम्भागाउपालिकाको ३ लाख ९२ हजार ३९६ रुपैयाँ, माथागढी गाउपालिका १५ लाख ५७हजार १० रुपैयाँ, तिनाउगाउपालिकामा ८ लाख ६१ हजार ९८८ रुपैयाँ, बगनासकालीगाउपालिका ५ लाख २ हजार ३५५ रुपैयाँ, रिब्दीकोट गाउपालिका ४ लाख ९९ हजार ७ सय ५० रुपैयाँ, रैनादेवी छहरा गाउपालिका ६ लाख २५ हजार २२३ रुपैयाँ संकलनभएको भूमि सुधार तथामालपोत कार्यालयपाल्पाकाप्रमुख सरण प्रसादशर्मा पौडेलले जानकारी दिनुभयो ।

भूमि सुधार तथामालपोत कार्यालयपाल्पाकाअनुसार पुजीगण लाभकरबाट ५५ लाख ३७हजार ६०४ संकलनभएको छ भने गुठी राजश्वबाट १० लाख ३३ हजार २ सय ५२ रुपैयाँ संकलनभएको छ । पुजीगतको केन्द्रीय संचितकोष र गुठीको गुठी संस्थामा राजश्वदाखिलागरिएको छ ।

मालपोतकाअनुसार छ महिनाको अवधिमा २० लाख७२ हजार ८८४ रुपैयाँ राजश्व छुट भएको छ । महिलातर्फ १४ लाख ४० हजार १९७ रुपैया, दलित ५ लाख ९९ हजार ४०६ रुपैयाँ र वृद्ध तथाअन्य ३३ हजार २६० रुपैयाँ राजश्व छुट पाउन सफलभएको मालपोत प्रमुखशर्मा पौडेलले जानकारी दिनुभयो