विद्यार्थीले त्रिवि क्याम्पस प्रमुखको कार्यकक्ष घेरे

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

फागुन ७ ,पाल्पा ।

सुनिल कार्की ।

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न आलटाल गरेको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारी पाल्पाले त्रिवि क्यामपस प्रमुखको कार्य कक्ष घेराउ गरेका छन ।

स्ववियु निर्वाचनको कार्यतालिका अविलम्ब सार्वजनिक गर्न यस अघि नै अल्टिमेटम दिएको भए पनि निर्वाचन सार्न बाहानाबाजि गरेको भन्दै नेकाप निकाटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन ।

दुवै संगठनले केन्द्रीय रुलिङ्ग अनुसार नै कार्यक्रम गरेको अनेरास्वीयुका जिल्ला अध्यक्ष हिरामण्ी पराजुलीले बताउनुभयो । त्रिविले विगतमा अत्यन्तै प्रतिकुल अवस्थामा पनि स्ववियु निर्वाचन सम्पन्न गरेको इतिहास साक्षि रहेको भन्दै अहिले विभिन्न बहाना रचिने षडेयन्त्र भएकोले ध्यानाकर्षण स्वारुप कार्यक्रम गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो ।

अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष पदम सोमैले स्ववियु निर्वाचन गर्ने सहज वातावरण हुँदाहुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले त्रिवि आमुक संगठनको दबाबमा परेर चुनाब नगराउने उद्धत रहेको आरोप लगाउनुभयो । अध्यक्ष सोमैले विद्यार्थीको बलिदानिपुर्ण संघर्षबाट प्राप्त स्ववियु निर्वाचनकाृ नयाँ मिति सहितको कार्यतालिका तत्काल सार्वजनिक गरि उपयुक्त वातावरण निर्माणको लािग क्याम्पस प्रशासनसँग समक्षा अनरोध गरिएको बताउनुभयो ।

क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ कार्यक्रममा एक सय बढी विद्यार्थीको उत्साहा जनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि विद्यार्थीले शान्तीपुर्ण रुपमा गरिएको आग्रहलाई वेवास्ता गरे कडा संघर्षका कार्यक्रममा जान बाध्य हुने चेतावनी समेत दिएका छन ।