८ गते गर्ने भनिएको बन्द फिर्ता

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा फागुन ७
विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते गर्ने भनेको साविक लुम्विनी अञ्चलका जिल्लाहरुको बन्द कार्यक्रम फिर्ता लिएको छ ।आफ्ना कार्यकर्तालाई प्रहरीले गिर्फतार गरेपछि उनीहरुको रिहाईको मागसहित बन्दको आह्वान गरिएकोमा प्रहरीले अर्घाखाची जिल्लाबाट पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरेपछि बन्दका कार्यक्रम फिर्ता लिएको पार्टीका युवा नेता तथा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष मुक्ति गैरेले बताउनुभएको छ ।