६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस पाल्पामा पनि मनाइयो

पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा फागुन ७
मंगलवार ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते जहानिय राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको दिन । प्रजातन्त्र दिवसको अवसरमा पाल्पामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइएको छ ।
मंगलवार विहानै तानसेनका विभिन्न चोक चोकमा व्यानर सहित रयाली गरिएको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरु, कर्मचारीहरु, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रयाली पछि आयोजित कार्यक्रममा सांसदहरु तुलाराम घर्ती बसन्त, नारायण आचार्य, वीर बहादुर राना, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, नेकपाका प्रतिनिधि धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसबाट झपेन्द्र गहिरे, राप्रपा प्रजातान्त्रिकबाट डुल बहादुर कुँवर, विशाल दर्लामी, लगायतले प्रजातन्त्र स्थापना पछाडी पनि देशमा धेरै राजनीतिक परिवर्तनहरु आएको बताउनुभयो ।
जिल्ला समन्वय समिति उपसभापति मिरा मरासिनीको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति सभापति दयाराज बस्यालले गर्नुभएको हाम्रा सहकर्मी अनु खनालले बताउनुभयो ।