रैनादेवीमा विद्युत विस्तारको अवलोकन, एक वर्ष भित्रमा उज्यालो गाउँ बनाउने सांसद पाण्डेको प्रतिवद्धता

पाल्पा विविध राष्ट्रिय रैनादेवी समाचार

पाल्पा फागुन ७
चोपलाल सिलवाल
रैनादेवी छहरा गाउँपालिका वडा नं ६, ७ र ८ का सवै घरमा विद्युत विस्तार गरि उज्यालो गाउँ निर्माणका लागि अनुगमन तथा निरीक्षण भएको छ ।
संघीय साँसद तथा पुर्वमन्त्री सोम प्रसाद पाण्डेको नेतृत्वमा बल्ढेङगढी सत्यवती तथा जुठापौवामा विद्युतबिस्तार काम को निरीक्षण तथा अनुगमन सम्पन्न भएको हो ।

परियोजनाको ६० प्रतिशत काम सकिएको र बाकी काम एक बर्ष मा सबै सम्पन्न हुने बताइएको छ । कार्यक्रममा नेकपाका नेता राम बहादुर राउत , राम प्रसाद ज्ञवाली सुर्य कार्की , नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण शाखा प्रमुख इन्जिनियर रामु श्रेष्ठ, प्राविधिक काली बहादुर बुढाथोकी, डिल बहादुर गाहा, रेम बहादुर राना, प्रेम घिमिरे तथा पत्रकार चोपलाल सिलवाल,पदम गैरे, ईन्जिनियर योगेश न्यौपाने लगायतको उपस्थिति रहेकोे थियो ।
अवलोकनका क्रममा स्थानीयहरुले अन्धकारमा बस्नुपरेको गुनासो गर्दै सांसद सोमप्रसाद पाण्डेयलाई उज्यालो गाउँ बनाइदिन आग्रह गरेका थिए । प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेयले १ वर्ष भित्रमा विद्युत विस्तार गरिने बताउनुभयो ।