सगरमाथा सामुदायिक विद्यालय वगनासकाली ३ नायरको १७ औं वार्षिउत्सव

पाल्पा विविध वगनासकाली

विकास काफ्ले
पाल्पा फागुन ५
सगरमाथा सामुदायिक शिक्षा एकाडमी वगनासकाली ३ नायरनमतलेसको १७ औं वार्षिकउत्सव समारोह सम्पन्न भएको छ ।
आइतवार विद्यालयमा भएको वार्षिकउत्सव समारोहमा विद्यालयका प्राचार्य यम बहादुर दर्लामीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सस्थाका कोषाध्यक्ष धु्रव श्रेष्ठले ६६ लाख बरावरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि वगनासकनली गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदीले वार्षिकउत्सव अभिभावकहरुको उत्सव भएकोले अभिभावकहरुले विद्यालय प्रति वढी चासो लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वगनासकाली वडा नं. ३ का वडा अध्यक्ष टिका बहादुर थापा, श्रोत व्यक्ति गोपाल आचार्य, नेपाली काँग्रेसका क्याप्टेन तारा बहादुर कुवर, आर्यभञ्ज्याङ खानेपानी उपभोक्ता समितिका गणेश प्रसाद श्रेष्ठ, वगनासकाली शिक्षक संघका अध्यक्ष धु्रव न्यौपाने लगायतले शुभकामना दिनुएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शैक्षिक गीत तथा सास्कृतीक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रम हुनु अगाडी सरस्वती पूजा तथा आर्यभञ्ज्याङ वजारमा प्रभातफेरी गरिएको  कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पदम बहादुर थापाको अध्यक्षता र संचालन शिक्षक दिसन रानाले गर्नुभएको थियो ।