जुम्बा फिटनेसको एकल लोकनृत्य प्रतियोगिता तानसेनमा सम्पन्न, भगवतीटोलकी रचना लोहनी जिल्ला प्रथम

तानसेन राष्ट्रिय समाचार
सेयर गर्नुहोस

अनु खनाल
पाल्पा फागुन ५
जुम्बा फिटनेस तानसेन पाल्पाको आयोजनामा खुला एकल लोकनृत्य प्रतियोगिता तानसेनमा सम्पन्न भएको छ ।
खुल्ला एकल नृत्य प्रतियोगितामा तानसेन भगवतीटोलकी रचना लोहोनी पहिलो विजेता बन्नुभएको छ । कला संकृतिको संरक्षण, राष्ट्रको निर्माण समृद्धि र पहिचान भन्ने नारा सहित जुम्बा फिट्नेस एण्ड डान्स सेन्टरको आयोजनामा भएको प्रतियोगितामा बगनासकाली गाउँपालिका आर्यभञ्ज्याङकी अम्बिका गाहा मगर उप विजेता र तानसेन भगवतीटोलकै झरना पाण्डे तेस्रो विजेता बन्नुभएको छ । केश्मा घर्ती र गौरी गाहा मगरले सान्तोना पुरस्कार पाउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका प्रदेश कमिटि सदस्य नेत्र प्रसाद पाण्डे, विशिष्ट अतिथि धन सिं थापा मगर र अध्यक्ष अञ्जु थापाले प्रतियोगिताको विजेता, उपविजेता र तृतीय हुन सफल प्रतियोगीलाई क्रमश ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । प्रतियोगितामा मिनुज राना र भुपिन्द्र रिखाम मगरले प्रमुख निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा लोकदोहोरी गायक प्रेम लामिछाने, मोडल पूर्ण गाहा, मिनुज थापा, कलाकार सितल लामिछाने, विजय बमरेल, सुमन न्यौपाने, शिव भट्टराई लगायतको वेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रममा बोल्दै जुम्बा फिट्नेस एण्ड डान्स सेन्टरका अध्यक्ष अञ्जु थापाले कार्यक्रमले बालबालिकामा लुकेर रहेका कला, प्रतिभा बाहिर ल्याउदै उनीहरुको क्षमता अभिबृद्धिमा मद्दत पुग्ने बताउनुभयो । स्व। सन्त बहादुर थापाको स्मृतिमा भएको कार्यक्रमको संचालन सुमन गैरेले गर्नु भएको हो ।