वडा स्तरिय रनिङ शिल्ड मेन्स (डबल) ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा फागुन ५
नारायण युवा क्लब तानसेन २ को आयोजना र तानसेन नगरपालिका २ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा जिल्ला ब्याडमिन्टन संघ, पाल्पाको समन्वयमा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुदू वडा स्तरिय रनिङ शिल्ड मेन्स (डबल) ब्याडमिन्टन प्रतियोगिता अमरनारायण फुलबारी परिसर सम्पन्न भएको छ ।
खेलमा विभिन्न वडाबाट २१ टोलीको सहभागिता रह्यो । प्रकाश उदयले संचालन गरेको फाईनल प्रतियोगिता बेस्ट अफ थ्री अन्तर्गत २०(१७ को अन्तरले २ नं। वडाका विज्ञान श्रेष्ठ ( बिबेक बज्राचार्यको टोली प्रथम हुनु भयो भने क्रमस ४ नं। वडाका खिम रहु मगर ( विकाश कार्कीको टोली दित्तीय र ३ नं। वडाका सगर चित्रकार ( विनय खातीको टोली तृतीय हुन सफल भयो विजेता टोलीलाई क्रमस टिका, खादा, मेडल, शिल्ड, प्रमाण पत्र र नगद रु।१००००र७०००र५००० ले सम्मान सहित पुरस्कृत गरियो । प्रतियोगिताको उत्क्रिस्त टोली ४ नं। वडाका खिम रहु मगर ( विकाश कार्कीले हात पारे २ नं। वडाले रनिङ्ग शिल्ड सहित नगर परिक्रमा समेत गराए । विनायक महर्जनको स्वागत मन्तव्यमा संचालन भएको उक्त कार्यक्रममा नगर प्रमुख अशोक कुमार शाही प्रमुख अतिथि, नारायण युवा क्लबका संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ विशिस्त अतिथि, २ नं। वडाका वडा अध्यक्ष बरुण प्रसाद रेग्मी अतिथि एवं राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । क्लबका निवर्तमान अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारेका थिए उक्त कार्यक्रम क्लबका सचिप प्रविन राज शाक्यले संचालन गर्नुभएको थियो भने किशोर दर्शन बज्राचार्यले धन्यवाद मन्तब्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।