गणपति महाअनुष्ठानको चौथो दिन, भक्तजनहरुको घुइचो

तानसेन पाल्पा विविध राष्ट्रिय समाचार

खेमराज पाण्डे
पाल्पा फाल्गुण ४
तानसेनको तेल्घा स्थित प्रभासमा गणपति महानुष्ठान तथा महायज्ञ संचालन भईरहेको छ । फागुन १ देखी ११ गते सम्म चल्ने महायज्ञमा चौथो दिनसम्ममा भक्तजनहरुको घुइचो लागेको आयोजकले बताएका छन् ।


तानसेन टुडिखेलमा लामो समयसम्म राखिएको गणेश मूर्तीलाई तेल्घा स्थित गुफाचौरमा लैजान महायज्ञ गरिएको हो । महायज्ञको चौथो दिन सम्ममा भक्तजनहरुको घुइचो लागेको मूल आयोजक समितिका सह संयोजक लोचन प्रसाद तिमिल्सेनाले पाल्पापाटीलाई जानकारी दिनुभयो ।
महायज्ञका मूल वाचक श्रीकृष्ण महाराज जीले सवा करोड लडडु तथा दुवो चडाउने, ५० वर्ष उमेर पुगेका भक्तजनहरुको सामुहिक तुलादान गर्ने कार्यक्रम रहेको बताउनु भयो ।