नेपाली सेनाको नेतृत्वमा बसपार्क देखी प्रभास सम्म १० किलोमिटर बाटो सरसफाई

तानसेन राष्ट्रिय
सेयर गर्नुहोस

पाल्पा फागुन ३
गोरखदल गण पाल्पाले बुटवल पाल्पा सडक खण्डमा सरसरफाई गरेको छ । तानसेनको बसपार्क, होलाङदी, बर्तुङ तथा लामिडाडा हुदै प्रभास सम्म करिव १० किलोमिटर बाटो सरसफाई गरेको गोरखदल गणका गणपति प्रमुख सेनानी सूरज थापाले जानकारी दिनुभयो ।
५ नं. प्रदेशमा नेपाली सेनाको संयोजकत्वमा वृहत सरसफाई कार्यक्रम गर्ने योजना अनुसार तानसेनमा पनि सरसफाई गरिएको नेपाली सेनाले जनाएको छ । सरसफाईमा नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी, एन सी सी का विद्यार्थीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।