वगनासकालीको चापपानी देखी खानिगाउ जाने मोटरवाटो ओटासिल हुने

पाल्पा विविध वगनासकाली

पाल्पा फागुन २
दयाराज न्यौपाने
वगनासकाली गाउपालिका वडा नं. ९ बुल्ठाकी देखी वडा नं. ७ खानिगाँउ जाने मोटरवाटोको प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बाटोको अवस्थावारे अवलोकन गर्नुभएको छ । वगनासकाली गाउपालिका पाल्पाका इन्जिनियरहरु, पत्रकारहरु तथा जनप्रतिनिधिहरु सहितको टोलीले बाटोको अवलोकन गरेको हो ।
वाटो स्तोरन्नती तथा ओटासिल गर्नका लागि सांसद पूर्वाधारकोषबाट ५० लाख रुपैया, बाटो चौडा गर्नका लागि प्रदेश तथा गाउपालिकाबाट ८० लाख रुपैया वजेट विनियोजन भएको थियो । बुल्ठाकी देखी खानिगाउँ सम्मको बाटो फराकिलो वनाउने काम अहिले सम्म सम्पन्न भएको प्राविधिक पदम खड्काले अवलोकन टोलीलाई जानकारी दिनुभयो । गाउपालिकाको वजेटबाट वाटो चौडा गर्ने काम भएको र संसद विकास कोषको वजेटबाट करिव १ किलोमिटर बाटो ओटासिल गरिने प्राविधिक पदम खड्काले वताउनुभयो । अवलोकनका क्रममा प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले स्थानीयको सहयोगमा बाटो चौडा गर्ने काम सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै, छिट्टै ओटासिलको काम हुने बताउनुभयो । बाटो फराकिलो बनाउने काम श्रेष्ठ निर्माण सेवाले गरिरहेको सुजन श्रेष्ठले जानकारी दिनुभयो । बाटो निर्माणपछि उत्तर पाल्पाका बराङ्दी खानिगाउँ, चापपानीका जनताले वर्षामा हिलो र हिउँदमा धुलोको समस्या वेहोर्नु नपर्ने स्थानीय हरि प्रसाद पाठकको भनाई छ ।