भूतखोला सामुदायिक वन उपभोक्ता समूह तिनाउ द्धारा टपरी बनाउने उद्योग संचालनमा

तिनाउ पाल्पा विविध

पाल्पा फागुन २
भूतखोला सामुदायिक वन उपभोक्ता समूह तिनाउ ३ दोभानले टपरी बनाउने उद्योग संचालनमा ल्याएको छ । टपरी उद्योग स्थापना गर्नका लागि जिल्ला वन कार्यालयले पाल्पाले ७५ हजार र समूहले १ लाख ३५ हजार गरी २ लाख १० हजारको लगानी गरिएको छ । समूहले २ वटा टपरी बनाउने मेसिन जडान गरेको छ । डिभिजन वन प्रमुख डा. मोहन पौडेलले दुना टपरी उद्योगको उद्घाटन गर्दै, पातबाट वनेका दुना टपरीको प्रयोगले पलास्टी न्यूनीकरणमा मद्यत गर्ने बताउनुभयो । कार्यक्रममा समूहका सचिव शन्तोष सेरचनले टपरी उद्योग संचालनको योजना प्रस्तुत गर्नुभएको थियो । भूतखोला सामुदायिक वन उपभोक्ता समिति तिनाउ ३ दोभानले विविध कार्यक्रमको आयोजना गर्दै २० औं वार्षिकोत्सव तथा ९ औं अधिवेशन सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालयका प्रमुख डा. मोहन पौडेलले वन वातावरण तथा जैविक विविधताको संरक्षण र गरीवि निवारणमा उल्लेख्य योगदान गरेको बताउनुभयो ।


कार्यक्रममा तिनाउ गाउपालिकाका अध्यक्ष ओम वहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रवत्ता राजेश श्रेष्ठ, वडा नं. ३ का वडा अध्यक्ष प्रेम पाण्डे, दोभान कृषि वहुउदेश्यीय सहकारीका अध्यक्ष चोपलाल गिरी, सेक्टर वनका प्रमुख चन्द्र बहादुर भाट लगायतले समूहको कामको प्रशंसा गर्दै नयाँ कार्यसमितिले पनि क्रियाशिल भई काम गर्न सुझाव दिएका थिए ।
जलचर संरक्षणकोअभियान गर्दै आएको समूले यस वर्ष पनि १ हजार माछाका भुरा खोलामा छाडेको छ । त्यस्तै पलास्टीको प्रयोगलाई न्यूनीकरण गर्न दुना टपरी उद्योगको पनि सुरुवात गरेको छ ।
भूतखोला सामुदायिक वन उपभोक्ता समूहको अधिवेशनले डिल कुमारी रोकाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमितिको समेत चयन गरेको छ ।