आज प्रणय दिवस अर्थात प्रेम दिवस

अन्तर्राष्ट्रिय पाल्पा विविध राष्ट्रिय समाचार

पाल्पा, फागुन २

प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म्विरुद्ध भन्थे । उनको बुझाइ थियो( अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

आज प्रणय दिवस अर्थात प्रेम दिवस । आजका दिन विश्वभरी नै एक अर्कामा माया प्रेम साटासाट गरी यो दिवस मनाउने गरिन्छ ।
पाल्पा जिल्ला प्रणय दिवसका लागि प्रख्यात मानिन्छ । खासगरी पाल्पाको रानीमहल प्रेमको प्रतिकका रुपमा मानिने हुदा प्रेम जोडीहरु रानीमहल जाने गर्दछन् । रानीमहल प्रेमी जोडीहरुको साक्षी बन्दै गएको छ । प्रणय दिवसको दिन यहाँ सयौं जोडीहरुले प्रेम साटासाट गर्ने गर्दैछन् । युवापुस्तामा बढी लोकप्रिय, फ्रेबुअरी १४, आजको दिन यहाँ सयौं जोडीहरुले गन्तव्य बनाउँदै आएका छन् । सच्चा प्रेमको प्रतिक ठानिने रानिमहलमा यो दिवसमा दिन प्रेम जोडीहरुको प्रमुख गन्तव्य बन्ने गरेको छ । १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सम्झनामा रानिमहल निर्माण गरेका थिए । तानसेन नगरपालिका–१३, को बौघागुम्हा र वगनाशकाली गाउँपालिकाको खानीगाउँ गाउँको बिचमा अवस्थित छ, रानीमहल युवापुस्ताको पहिलो रोजाईमा पर्ने गरेको छ ।
१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदिको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको छ नेपालको ताजमहल । यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ ।
पाल्पा र स्याङ्जाको सीमानामा पर्ने यो दरबार खड्ग शमसेरले युयानी शैलीमा बेलायती इन्जीनियरको डिजाईन अनुसार बनाएका हुन् । कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्दथ्यो । जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिए जस्तो देखिन्थ्यो । अहिले यो किनारमा छ । दरबारको जगबाट कालीनदी बगेपनि हालसम्म दरबारलाई भने कुनै क्षति पु¥याएको भने छैन । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ । प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ ।