२४ औं जनयुद्ध दिवस पाल्पामा पनि मनाइयो

तानसेन वगनासकाली
सेयर गर्नुहोस

दयाराज न्यौपाने ।
फागुन १, पाल्पा
२४ औं जनयुद्ध दिवस जिल्लाभर विविध कार्यक्रमका साथ मनाइएको छ । तत्कालिन नेकपा माओवादीले आफ्नो ४० बुँदे माग माघ २१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझएपनि त्यसको सम्बोधन नभएपछि २०५२ फागुन १ अर्थात आजकै दिन जनयुद्धको सुरुवात गरेको थियो । त्यतिबेला माओवादीले जनताको अधिकारको लागि भन्दै जनयुद्ध सुरु गरेको थियो ।

तत्कालीन माओवादी र नेकपा एमाले मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यो पार्टीले एकीकरणको पहिलो वर्ष नेपाल कम्युनिष्ट पार्टीले नै जनयुद्ध दिवस मनायो । दिवसको अवसरमा बगनासकाली गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भयो । भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सदस्य देवीप्रसाद बस्यालले नेपालको राजनीतिक परिवर्तमा सहिदहरुको योगदान कसैले बिर्सन नसक्ने बताए ।

कार्यक्रममा पार्टीका नेता कमल पाण्डे, कृष्ण भुसाल, सरस्वती दर्लामी चिदी, टिका बहादुर थापा, इश्वर राना, लोक कुमारी बस्याल लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम सचिव कोशलराज न्यौपानेको संचालन र अध्यक्ष हरिप्रसाद पाठकको अध्यक्षतामा चलेको थियो ।

                                                                              पाल्पाम दिप प्रज्वलन

 
२४ औं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा पाल्पामा दीप प्रज्वलन् गरिएको छ ।
अनेरास्ववियु पाल्पा र अनेरास्ववियु क्रान्तिकारी पाल्पाले संयुक्त आयोजनामा आज वुधबार साँझ तानसेनको सित्तलपाटीमा दीप प्रज्वलन् गरिएको हो ।
नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ,प्रदेश सदस्य बसन्त घर्ती, जिल्ला संयोजक राधाकृष्ण कडेल,धनेन्द्र राज घिमिरे ,राजेन्द्र बिक ,राम प्रसाद ढकाल क्रान्तिकारीका केन्द्रिय सदस्य ,रापस लगायतको आतिथ्यता रहेको थियो ।
अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमैको सन्चालनमाकार्यक्रम भएको हो ।