महायज्ञको तयारी अन्तिम चरणमा

तानसेन राष्ट्रिय

पाल्पा माघ २९
तानसेन १० तेल्घामा सुरु हुन लागेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । फाल्गुण १ देखी ११ सम्म महायज्ञ हुने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा गणपति महाअनुष्ठानको तयारी अन्तिम चरणमा पुगेको मंगरवार तेल्घामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
विराट स्वरुपको भगवान गणेशको मूर्तीलाई गुफाचौरमा लैजानु अघि महायज्ञ तथा महाअनुष्ठान गर्न लागिएको मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले बताउनुभएको छ । महायज्ञ तथा महाअनुष्ठान कार्यक्रममा प्रत्येक दिन सवा करोड लड्डु अर्पण, प्रत्येक दिन श्रीमद्भागवत कथा वाचन, १००८ अथर्वशीष पारायण, ५० वर्षमाथीका व्यक्तिहरुको तुलादान कार्यक्रम र प्रत्येक दिन भजन प्रतियोगिताको आयोजना गरिएको मूल आयोजक समितिले जानकारी दिएको छ ।
११ दिन सम्म संचालन हुने महायज्ञ तथा महाअनुष्ठान कार्यक्रममा विश्वविख्यात कथावाचक श्रीकृष्ण महाराजबाट हुने समितिले जनाएको छ ।
महायज्ञमा २ करोड रुपैया आर्थिक संकलन हुने र प्रत्येक दिन १ हजार वढी भक्तजनहरु आउने महायज्ञ मूल आयोजक समितिका सदस्य मोहनलाल गैरेले बताउनुभयो ।
२०६२ सालमा काठमान्डौ महानगरपालिकाका तत्कालिन मेयर केशव स्थापितले एउटै ढुङगालाई कुदायर मूर्ती बनाउन लगाउनुभएको थियो । विराट स्वरुपको गणेशको मूर्तीलाई तानसेन तेल्घाको गुफाचौरमा राखिने छ ।