तानसेन टुँडिखेलमा गणपति महाअुष्ठान हुने

तानसेन पाल्पा विविध

विष्णु घिमिरे
पाल्पा माघ १४
तानसेनको टुडिखेलमा श्रीमद्भागवत गणपति महाअनुष्ठान २०७५ हुने भएको छ । आगामी फाल्गुण १ देखी ११ सम्म महायज्ञ हुने भएको हो ।
तानसेनको टुडिखेलमा रहेको विराट स्वरुपको भगवान गणेशको मूर्तीलाई तानसेन तेल्घा स्थित गुफाचौरमा लैजानु अघि महायज्ञ तथा महाअनुष्ठान गर्न लागिएको मूल आयोजक समितिले जनाएको छ । महायज्ञ तथा महाअनुष्ठान कार्यक्रममा प्रत्येक दिन सवा करोड लड्डु अर्पण, प्रत्येक दिन श्रीमद्भागवत कथा वाचन, १००८ अथर्वशीष पारायण, ५० वर्षमाथीका व्यक्तिहरुको तुलादान कार्यक्रम र प्रत्येक दिन भजन प्रतियोगिताको आयोजना गरिएको मूल आयोजक समितिका दामोदर घिमिरेले जानकारी दिनुभयो ।
११ दिन सम्म संचालन हुने महायज्ञ तथा महाअनुष्ठान कार्यक्रममा विश्वविख्यात कथावाचक श्रीकृष्ण महाराजबाट हुने समितिले जनाएको छ ।
यसैविच महायज्ञ तथा महाअनुष्ठान कार्यक्रमलाई प्रचार प्रसार गर्नका लागि पत्रकार रेखिराम रानाको संयोजकत्वमा मिडिया प्रचार प्रसार समिति गठन भएको छ । तानसेन टुडिखेलको छेउमा आयोजना हुने महायज्ञको प्रचार प्रसार तथा अन्य कामहरु अगाडी बढेको छ । महानुष्ठान पछि तेल्घाको गुफाचौरमा लगि भगवान गणेशको मूर्तीलाई पदस्थापन गरिने संरक्षक अशोक कुमार शाहीले बताउनुभयो ।