रिब्दीकोटमा छ महिनामा १८१ योजना सम्पन्न

राष्ट्रिय रिव्दीकोट

पाल्पा–रिब्दीकोट गाउपालिकाले चालु आर्थिकवर्षको पौष महीनासम्म १ सय ८१ योजना निर्माण कार्य सम्पन्न भएको छ । आर्थिक वर्षमा वडागत ३८३ योजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । चालु आर्थिक वर्षमा छ महीनाको १८१ योजना सम्पन्न भई सकेको र १३८ योजना सम्झौता भई कार्यान्वयनको अवस्थामा छ ।
रिब्दीकोट गाउपालिकाको (नीति केन्द्रीत) गाउँसभाले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने बनेको ऐन २०७५ स्थानीय राजपत्रमा प्रकाशन गर्ने, सहकारी मार्फत कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले दुध उत्पादनमा आधारित अनुदान कार्यविधि २०७५ पारित गरेको गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताउनुभयो ।
गाउपालिका प्रवक्ता विष्णु प्रसाद खनालका अनुसार गाउसभाले भैरवस्थानको कोसेली घर, एकल महिला कार्यक्रम, जलेश्वर जडीबुटी उद्यान व्यवस्थापनका कार्यवित्रि निर्माणका लागि कार्यपालिालाई सैद्धान्तिक सहमति प्रदान गरिएको छ ।
शिक्षाकार्यदले पेश गरेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका सम्वन्धी प्रतिवेदनलाई राष्ट्रिय, प्रदेशिक कानुन र निर्लेशनलाई समेत आधारमा कार्यान्वयन गर्ने सिफारिस गरिएको गाउपालिका प्रवक्ता खनालले बताउनुभयो ।
गाउपालिकाले स्वास्थ्यचौकीमा ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकीका हस्तलिखित काम गर्दा समस्या भएपछि गाउपालिकाले कम्प्युटर हस्तान्रण गरेको हो । फेक, ठिमुरे, कुसुमखोला, ख्याहा, भैरवस्थान, देउरालीका स्वास्थ्य चौकीले कम्प्युटर हस्तान्तरण गरिएको गाउपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।