खगुपतिको घरको छाना चाहियो सरकार !

राष्ट्रिय

पाल्पा–चाउरी परेको अनुहार । यतिबेला घर परिवारको साहाराको खोजी गर्ने उमेर । पाल्पा माथागढी गाउपालिका बढीकोटका ६० वर्षीय खगुपति भटटराई छाना विनाको घरमा बस्छन् ।
२०७२ सालमा भुकम्पले घर भत्काएपछि खगुपति मन पति त्यस्तै भत्केकेको छ । भत्केको घरमा रात विताउछन् । छाना विनाको घर विहान देख्छन् ।
आर्थिक रुपमा विपन्न छन् । खगुपतिलाई मागागढी गाउपालिकाले ५० हजार घर बनाउन दिएको थियो । त्यसपछि भुकम्प प्रतिरोध घर बनाए, तर प्रशस्त पैसा नभएपछि घरको छाना हाल्न सकेका छैनन् ।
पाँच जनाको परिवारमा मेला पात गरी साँझ र विहान चुलोमा आगो बोल्छन् । घर मुली खगुपति उमेर ढल्केकोले केही गर्न सक्ने अवस्था छैन । सन्तालन र श्रीमतिका साहारामा घर बने पनि छाना लगाउन नसक्दा उहाँको घर परिवार चिन्नित बनेको बताउनुहुन्छ । निर्माण कार्य पुरा भएपछि मात्र भुकम्पको पैसा दिन्छन् । यतिबेला खगुपति घरको छाना हालिनदिने दाताको खोजीमा छन् । पैसा छैन, घर बनाउने अब सकिदैन, भन्दै सहयोगका लागि याचना गरेका छन् ।