सामुदायिक विद्यालयमा सुधान सवैको सक्रियता

राष्ट्रिय

पाल्पा–शिक्षक, अभिभावक र विद्यार्थी सचेत बने सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने देखिएको छ । सामुदायिक विद्यालयमा सुधारका लागि योजनाबद्ध रुपमा शिक्षक, अभिभावक र विद्यार्थी समेतको सक्रियता हुनुपर्ने सरोकारवालाकोे जोड छ । दलित महिला संघ पाल्पाद्धारा आयोजित गुणस्तरीय शिक्षा प्रदानका लागि हाम्रो भुमिका विषयक अन्तरक्रियामा शिक्षक, अभिभावक र विद्यार्थीले सामुदायिक विद्यालय सुधारका लागि योजना अनुसार सवै अघि बढ्नुपर्ने सुझाव छ ।
तिनाउ गाउपालिकाको ज्यामिरेस्थित आदर्श आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण दर्नालले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सक्रियताका साथ अभियानका रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयको शिक्षा स्तर वर्षेनी खस्केकोले सुधारका लागि जिम्मेवारी बाँडफाँड गरी काम गर्नुपर्ने बताउनुभयो ।
अभिभावकले आफना बालबालिकालाई विद्यालयमा पढाउने मात्र जिम्मेवारी होइन, विद्यालयमा गएर आफना बालबालिको पढाई बारेमा जानकारी अभिभावकको जिम्मेवारी रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट पाहुना नेपाल पत्रकार महासँघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विकले गुणस्तरीय शिक्षा प्रदानका लागि सवैको सहयोग र सहकार्य आवश्यक रहेकोले सही अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।
शिक्षक अभिाक संघका अध्यक्ष कुल प्रसाद शर्माले अभिभावकको चेतना स्तर कमजोर भएका कारण विद्यार्थीहरु समेत कमजोर हुन पुगेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा बहादुर थापाले परम्परागत सोचका कारण विद्यालयले फड्को मार्न नसकेको बताउनुभयो । उहाँले विद्यालय भन्दा विवाह पार्टीलाई महत्व दिई विद्यालय नआउने चलन अझै नहट्दा समस्या भएको बताउनुभयो ।
विद्यालयका प्रअ नम बहादुर तरामी गुणस्तरीय शिक्षा प्रदानका सहयोग पुग्ने उद्देश्यले विद्यालयले मासिक परीक्षा सञ्चालन गर्दै आएको बताउनुभयो । परीक्षाको नतिजा अनुसार नै विद्यार्थीको शिक्षा स्तर मापन गर्न सहज हुने उहाँले बताउनुभयो । दलित महिला संघकी कोषाध्यक्ष महेन्द्र दर्नालले अन्तरक्रियाको सहजीकरण र संघकी अध्यक्ष शान्ति गहतराजको अध्यक्षतामाका कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई संघले स्टेशनरी सामान सहयोग गर्दै आएको छ ।