रिब्दीकोट गाउपालिकाको चौथो गाउँसभा सूरु

राष्ट्रिय

पाल्पा-रिब्दीकोट गाउपालिकाको चौथो गाउँसभा सूरु भएको छ । गाउसभाको उद्घाटन प्रतिनिधिसभाका साँसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले गर्नुभएको हो । उहाँले विकास र समृद्धिको नारा पुरा गर्ने समय भएकोले सत्ता पक्ष र प्रतिपक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले लामो संघर्षपछि सिहदरबारको अधिकार गाउँ गाउँमा आएकोले त्यसको सही रुपमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य रहेका पाण्डेयले गाउँकोे विकास नभएसम्म देशको विकास नहुने बताउनुभएको छ । कृषि क्षेत्रमा राम्रो प्रगति हासिल गर्न सम्भावना रहेकोले कृषि क्षेत्रमा थप मेहनतको खाँचो खडेको उहाँले धारणा राख्नुभयो । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा अझै पनि समस्या रहेकोले योजना निर्माण गरी समधानमा सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा गाउपालिका अध्यक्ष नारायण बहादुर जिसीले ठुला कार्यक्रम भन्दा साना साना कार्यक्रम गरी गरीबी हटाउन कार्यक्रम अघि बढाएको बताउनुभयो । एकल महिलाका लागि सीप सिकाउने, आरन सुधार कार्यक्रम, मैन बत्ती बनाउने, परालको जुत्ता बनाउने लगायतका कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरका स्रोतको परिचालन गरी रोजगारी सिर्जना गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका रिब्दीकोट गाउँपालिका अध्यक्ष चिरन्जीवी पोखरलले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाली सेना र प्रहरीसँग सहकार्य गरी काम गर्नु राम्रो काम भएको बताउनुभयो । नेपाली काँग्रेस गाउपालिका अध्यक्ष रामचन्द्र पाण्डेयले राम्रा नीति तथा कार्यक्रममा ल्याएको अवस्थामा स्थानीय तहका हातेमालो गरी अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा गाउपालिकाले शसस्त्र प्रहरी र सेनालाई विपत सामाग्री हस्तान्तरण गरेको छ । विपतका समय उद्दारमा सहज होस भन्ने उद्देश्यका साथ सो कार्यक्रम हस्तान्तरण गरिएको हो । स्टे«चर, भरेङग, बाल्टी, जुत्ता, पञ्जा, बेल्चा, हेलीमेट लगायतका सामान पूर्व मन्त्री पाण्डेय र गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले सुरक्षाकर्मीलाई हस्तान्तरण गर्नुभएको हो । रिब्दीकोट गाउपालिकाको चौथो गाउँसभा भोलिसम्म चल्ने छ । गाउपालिकाद्धारा प्रकाशित रिब्दीकोट बुलेटिन समेत मंगलबार विमोचिन गरिएको छ ।सो कार्यक्रमको सञ्चालन गाउपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेल र स्वागत गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले गर्नुभएको थियो ।
–––