पाल्पामा जसले गर्छन् अरिंगालको व्यापार

राष्ट्रिय

पाल्पा–रिब्दीकोट गाउँपालिका–४, भैरबस्थानका गम्भीर आलेले अरिंगालको व्यापार गर्छन्, भन्दा अनौठो मान्नुपर्दैन् । विगत छ वर्षदेखि होटल रुपटपमा अरिंगालको ‘फ्राई’ बेच्छन् र ग्राहकलाई आकर्षित गर्छ । यो सिजनमा ५०÷६० हजार भन्दा बढी आम्दानी गर्नुभयो ।

अरिंगालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिंगालको परिकार चाख्नका लागि मानिसहरुको भीड लाग्छ । अरिंगाललाई जिस्कायो भने मानिसलाई टोक्छ तर, आले त्यही अरिंगालको व्यापारबाट राम्रो आम्दानी गर्छन् ।

यसवर्ष अरिंगालले गोलो कम लगाएपछि आम्दानी पनि कमी भयो । गतवर्ष अरिंगालले गोलो धेरै लगाएकोले डेढ लाख भन्दा बढी आम्दानी भएको आलेको भनाई छ ।

होटलमा नास्ता खाना आउनेहरुलाई सुरुसुरुमा अरिंगाल पनि छ भनेपनि अरिंगालप्रति बढी रुची देखाएपछि यसको व्यवसाय गर्न थालेको आले बताउनुहुन्छ । अंरिगालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने बाध्यता छ ।

“होटलमा स्थानीय कुखुरा, खसीको मासुका परिवार बनेपछि मानिसहरु अरिंगालको परिकार बढी खोज्छन् । प्रतिकिलो अरिंगाल एक हजार २ सय रुपैयाँमा खरिद हुन्छ । हामीले एक प्लेट अरिंगालको परिकारलाई २५० रुपैयाँमा बेचिन्छ,” आलेको भनाई छ । आले माग अनुसार अरिंगालको परिकार उपलब्ध गराउन सकेका छैनन् ।

शरीरमा चिसो हुनेहरुले अरिंगालको परिकार औषधिका रुपमा समेत लिन्छन् । एक पटक अरिंगाल खाएकाहरुले विशेष गरी अरिंगाल खान रुचाउने अरिंगाल पारखीको भनाई छ । अरिंगाल एक पटक खाएर गएकाहरुले पटक पटक अरिंगाल छ की छैन भनेर फोन भइरहन्छ । पाल्पा सदरमुकाम तानसेन, पोखरा, काठमाडौं, तम्घास, बुटबलबाट अरिंगालको माग हुर्दै आएको छ ।

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८÷१९ अरिंगालको गोला पोलेको सुनाउनुभयो । भैरवस्थानमा प्रतिकिलो अरिंगाललाई एक हजार २ सय र तानसेनमा एक हजार ५ सय रुपैयाँमा विक्री हुने आलेको भनाई छ । भैरव जनता माविमा कक्षा ११ मा अध्ययन गर्दै आएका आले स्कुल खर्च अरिंगाल पोलेर नै जोहो गर्ने बताउनुहुन्छ ।

“निकै मिठो हुने भएको पहिला पहिला अरिंगाल पोलियो, अहिले अरिंगाल पोलेर बेच्न थालेको छ,” आले भन्नुभयो, “एक्लै पोल्न समस्या हुन्छ, साथीभाईको सहयोगमा मात्र अरिंगाल पोलिन्छ ।”

अग्ला रुखमा अरिंगालका गोलो लगाउने भएकोले पोल्न समस्या हुन्छ । आलेका अनुसार १५÷१६ पटक अरिंगालले टोक्यो । केहीलाई एर्लजी समेत हुने गर्दछ । अरिंगाललाई पारखीहरुले शक्तिवद्र्धक भोजनको रुपमा स्वाद लिन्छन् ।

साउनदेखि कात्तिक–मंसिरसम्म अरिंगालको सिजन मानिन्छ । कालो र सेतो अरिंगालले रुखमा गोला बनाएर बस्ने गर्छ । धेरै अरिंगालले एकैपटक टोक्यो भने ज्यानै जानेसम्मको खतरा हुन्छ । हुर्किसकेको माउ भन्दा विशेष गरी लार्भा स्वादिलो हुने गर्दछ ।
–––