पूर्वखोलाका किसानले च्याउ खेती सम्वन्धी तालीम पाए

तानसेन रामपुर

पाल्पा–पूर्वखोला गाउपालिका किसानले व्यवसायिक च्याउ खेती सम्वन्धी तालीम पाएका छन् । तालीम पछि यहाँका किसान च्याउन खेतीप्रति आकर्षण बढ्ने लक्ष्यका साथ तालीमको आयोजनामा सञ्चालन गरेको छ । च्याउ खेतीबाट प्रशस्त आम्दानी हुने भएपछि गाउपालिकाले किसानलाई तालीम दिएको छ । पूर्वखोला गाउपालिकाभित्र १ सय ३० जनालालाई तालीम पाएका छन् । दुई दिन च्याउ खेती सम्वन्धी तालीम पाएकाहरुलाई ७५ प्रतिशत अनुदानमा च्याउ वीउ वितरण गर्ने पूर्वखोला गाउपालिका कृषि शाखाका प्राविधिक सन्तोष कडेलले जानकारी दिनुभयो । तालीमको सहजीकरण वरिष्ठ कृषि विज्ञ कमानसिह थापा र कृषि शाखाका सन्तोष कडेलले गर्नुभएको छ । व्यवसायिक च्याउ खेती गरी आत्मनिर्भर बनाउनका लागि तालीम सञ्चालन गरी वीउ वितरण गर्ने कार्यक्रम रहेको गाउपालिका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो । गोदीच्याउ उत्पादन गृह बनाउने किसानलाई सय प्रतिसत अनुदान दिने गाउपालिकाले जनाएको छ । गोदीमा राती जीप दुर्घटना