मलामी बोकेको जिप दुर्घटना, ६ मलामीको उपचार हुदैँ

राष्ट्रिय

पाल्पा–रैनादेबी छहरा गाउपालिका–६ गुहाठानबाट मलामी बोकेको जिप दुर्घटना हुदाँ छ जना घाइते बनेका छन् । घाइतेहरु सबैको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभाषमा उपचार भएको हो । बुधबार साँझ लास बोकेर रिडीतर्फ जादै गरेको लु १ ज १९७१ न को जिप रिब्दिकोट गाउपालिकाको बतासेको गोदीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार ब्रेक फेल भित्तामा ठोकिदा दुर्घटना भएको हो । घाइतेहरुमा सुर्य ब रास्कोटी, खडक ब घर्ती मगर, तोरन ब गाहा मगर, चेपसिङ सारु, श्याम बहादुर सारु र यम बहादुर छहरी रहेका छन् । रैनादेवी छहरागाउपालिका उपाध्यक्ष चेतना थापाले लुम्विनी मेडिकल कलेजमा उपचाररत घाइतेलाई भेट्नु भएको छ । घाइतेहरु अवस्था खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।