तानसेन –६ की १७ बर्षीय मनिसा केसीले बुझ्नि दृष्टिविहिन विद्यार्थीको समस्या, जन्मदिनमा ज्याकेट उपहार

राष्ट्रिय

सुमन गैरे

पाल्पा– पाल्पा जिल्लाको तानसेन नगरपालिका–६ की १७ बर्षीय मनिसा केसीले ३५ जना दृष्टिविहिन विद्यार्थीलाई ज्याकेट वितरण गरेकी छन् । ज्याकेट पाएपछि यहाँ अध्ययनरत दृष्टिविहिन विद्यार्थीको अनुहारमा खुसी छाएको छ । मनिसा केसीको जन्म दिनको अवसरमा ता न पा ९ स्थित दमकडा नमुना माबिमा रहेका ३५ जना दृष्टिबिहिन विद्यार्थीलाई ज्याकेट प्रदान गरेकी हुन ।

मनिसाले जन्मदिनको अवसर पहिलो पटक दृष्टिविहीन विद्यार्थीलाई सहयोग गर्न पाउँदना खुसी लागेको बताउनुभयो ।उहाले दृष्टिविहिन विद्यार्थीलाई ज्याकेट वितरणपछि आगामी दिनपछि सहयोगलाई निरन्तरला दिने बताउनुभयो । मनिसाका बुबा अर्जुन केसिले आफुले छोरीको जन्मदिनमा दृस्टिबिहिनलाई सानो भएपनि सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताउनुयभयो ।

दमकडा नमुना माबि दृस्टिबिहिन साखा प्रमुख धनपती गैरेले मनिसा र मनिसाको परिवार ले एक उदाहरणिय कार्य गरेको र यो पाठ अरुले पनि सिक्नु पर्ने बताउनुभयो ।दृस्टिबिहिन विद्यार्थीको तर्फबाट बोल्दै सन्दिप थापाले आफुहरुलाई गरेको सहयोग प्रती धन्यवाद व्यक्त गर्दै आगमी दिनमा पनि सहयोग र साथ को अपेक्षा गरे।

बिद्यलयका प्राचार्य मोहन प्रसाद साप्कोटाले मनिसाले आम युवाहरुका लागि उत्प्रेरणा दिने काम गरेको र सधै समाज सेवामा लाग्न पनि सुझाव दिनुभयो । सञ्चारकर्मी तथा गायक सुमन गैरेले मनिसाले गरेको सामाजिक कार्यले आफूलाई पनि उत्प्रेरणा थपेको बताउनुभयो । कलाकार बिजय बम्डेलले दृष्टिबिहिन बिद्यार्थीहरुलाई आफुले पनि आगामी दिनमा सहयोग गर्ने बताउनुभयो । उक्त बिद्यालयमा विभिन्न जिल्लाका ३५ जना दृष्टिबिहिन विद्यार्थी अध्यनरत छन।