प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

समाचार

पाल्पा-बगनासकाली गाउँपालिका–९, चापपानीस्थित चन्द्र माध्यमिक विद्यालय प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ हुने भएको छ । महायज्ञ यही माग २ देखि ८ गतेसम्म सञ्चालन हुने महायज्ञका लागि मूल आयोजक समिति गरिएको छ ।

विद्यालयका पुर्व अध्यक्ष यमलाल तिमिल्सिनाको संयोजकत्वमा महायज्ञ मूल आयोजक समितिको गठन भएको हो । जसको सहसंयोजकमा विव्यसका अध्यक्ष भोजराज तिमिल्सिना, सदस्य रणप्रताप खाँण, वडा नं. ५ का अध्यक्ष इश्वर कुमार राना, ६ का अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, ७ का अध्यक्ष गुन बहादुर बुढाथोकी, ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नं. ९ का सदस्य पिताम्वर गाहा रहेका छन् ।

महासचिवमा युवा समाजसेवी कृष्ण भुसाल, सचिवमा यज्ञमूर्ति तिमिल्सिना ,ओमप्रकाश गैरे, हरिप्रसाद बस्याल र मोहन बस्याल, सहसचिवमा ज्ञानराज तिमिल्सिना र सदस्य मुना ढकाल, कोषाध्यक्षमा बगनासकाली ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना रहेका छन् । सल्लाहकारहरुमा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल सहित विद्यालयका पुर्व अध्यक्षहरु तथा सामाजिक ब्यक्तित्व रहेको महासचिव भूषालले जानकारी दिनुभयो ।

महायज्ञमा बालब्यास नारायण न्यौपानेको मुखारबिन्दबाट संगीतमय कथा प्रवचन हुनेछ । महायज्ञ सफल बनाउनका लागि विभिन्न उपसमिति गठन गरी काम अघि बढाएको महासचिव भूषालले बताउनुभयो ।