कचलमा नेकपाको वडा समिति विस्तार

तानसेन
सेयर गर्नुहोस

पाल्पा–तिनाउ गाउँपालिका–१ कचलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वडा समिति गठन भएको छ । जसको अध्यक्षमा भुवन सिह चिदी र सचिवमा सन्तोष परियार सहितको २९ सदस्यीय वडा समिति गठन गरिएको हो ।समिति सर्वसम्मत चयन गरेकोछ।नव गठित कार्यसमितिलाई प्रदेश सदस्य झपेन्द्र जिसीले सपथ खुवाउनुभयो । जिसीले दुई पार्टी एकताले नेकपाका कार्यकर्तामा उत्साह थपिएको बताउनुभयो । कार्यक्रममा नेकपाका तिनाउ गाउपालिका अध्यक्ष राजेश श्रेष्ठ र तिनाउ गाउपालिका अध्यक्ष ओम बहादुर घर्ती मगर लगायतले नेकपाको पार्टी संगठन अझै बलियो बन्ने बताउनुभयो ।