शिक्षाको गुणस्तरवृद्धि गर्नका लागी परामर्श शिक्षिका

तानसेन लेख

पाल्पा–न्यू होराइजन माध्यमिक विद्यालय पाल्पाले जिल्लामै पहिलो पटक परामर्श शिक्षिका राखेको छ । शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई उत्पेरणा दिएर शिक्षाको गुणस्तरमा वृद्धि गर्नका लागी परामर्श शिक्षिका राखिएको विद्यालयका प्राचार्य डासुराम पन्तले बताउनुभयो । उहाँले आफूहरु जिल्लाको आवासीय तर्फको सबैभन्दा धेरै विद्यार्थी अध्यापन गराउन सफल विद्यालय भएको हुदाँ शिक्षामा वृद्धि र विकास संगसगै नयाँपन दिन लागीएको बताउनुभयो । उहाँले अन्य जिल्लाहरुमा यस्ता अभ्यास भएपनि पाल्पामा भने यो नयाँकामको थालनी भएको बताउनुभयो । उहाँले हाराईजन,जिल्लाको प्रथम मात्र उभएर उत्कृष्ट विद्यालय बनाउनका लागी नयाँ कामको थालनी पनि होराइजनले नै गर्दै आएको बताउनुभयो । यसैबिच सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी परामर्श शिक्षिका संगिता भट्टराईलाई विद्यालयले स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै भट्टराईले विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई आफूले देश तथा विदेशमा काम गर्दै गर्दा शिकेका कुरालाई विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागी प्रयोग गर्ने बताइन । उनले आफूले शिक्षक विद्याथी मात्र नभएर अभिभावकसंग समेत समन्वय गरेर विद्यार्थीको शिकाईलाई अघि बढाउनमा लाग्ने बताईन । इन्टरनेशलन हेग्जागन प्रोजेक्टकी प्रतिनिधि समेत रहेकी भट्टराईले विभिन्न प्रोजेक्ट संघ सस्थामा रहेर सामाजिक कार्य गर्दै आएकी छन ।