बगनासकालीमा आयआर्जन गरी जीवनस्तर उकास्न काक्रो वीउ वितरण

रामपुर राष्ट्रिय

पाल्पा–बगनासकाली गाउपालिका–३ का स्थानीयबासिन्दाको आयआर्जन गरी जीवनस्तर उकास्न काक्रो वीउ वितरण गरिएको छ । गाउपालिकाले तरकारी खेतीलाई व्यवसायिक गर्नका लागि किसानलाई अनुदानमा काक्रोको वीउ वितरण गरिएको कृषि शाखा प्रमुख सन्तोष जीसीले बताउनुभयो । बगनासकाली गाउपालिका–३ का १५ जना महिलालाई एक पाकेट काक्रो वीउ वितरण गरिएको हो । करिब २० रोपनी जग्गामा व्यवसायिक काक्रो खेती गर्ने उद्देश्य किसान छ । बगनासकाली गाउपालिकाले पछिल्लो वर्षमा आधुनिक प्रविधिको प्रयोगमा लम्कदै कृषि उत्पादनमा नमुना बनेको छ ।