तातोपानीले लियो ज्यान

तानसेन

पाल्पा–तातोपानीमा डुबेर घाइते बालकको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका(७ का गोमा पाण्डेकी ५ वर्षीय छोरा सागर पाण्डेको मृत्यु भएको हो। २ पुसमा घरमा ताउलोमा तताउँदै गरेको पानीमा डुबेर बालक घाइते भएका थिए। उनको पाल्पास्थित युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। उनका अनुसार शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।