घुस लिएको अरोपमा बडासचिव पक्राउ

राष्ट्रिय

पाल्पा–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत काउचालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले आज बिहान बुटवलको हाटवजारलाइनबाट काउचालाई पक्राउ गरेको जनाएको छ । स्थानीय तहका कर्मचारी बिभिन्न माग राखी आन्दोलन गरिहेका बेला स्थानीय तहका सचिव घुस लिएको अरोपमा पक्राउ परेका हुन् ।
काउचाले पञ्जीकरण जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाको दर्ता मा सेवाग्राहीसंग घुस लिएको आरोप छ । सेवाग्राहीहरुले दिएको सुचनाको आधारमा पक्राउ गरिएको अख्तियारको
बुटवल कार्यलयले जनाएको छ । अख्तियारको टोलीले काउचालाई पक्राउ गरी उनको पसल सिल गर्न लागेको प्रहरीले जनाएको छ ।काउचाको बुटवल हाटबजारमा पसल रहेको छ । एक दशकदेखी बुटवल उपमाहनगरपालिका बिभिन्न शाखामा बसेर काम गरेका काउचा पछिल्लो समय बडा नम्बर १३ को सचिवमा पुगेका थिए ।