सवारी दुर्घटनमा २ जनाको मृत्यु

पूर्वखोला

बुटवल–रुपन्देही र दाङमा भएका सवारी दुर्घटनमा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाईकल चालक स्थानीय जगदिश चौधरीको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका वडा नं ४ मुर्गिया ईलाका प्रहरी कार्यालय अगाडि ठक्कर दिदा सैनामैना ६ निवासी ३५ वर्षीय जगदिश चौधरीको मृत्यु भएको हो ।
पश्चिमबाट बुटवलतर्फ आउदै गरेको लु २ ख १३९ नम्बरको बस र विपरीत दिशाबाट जादै गरेकोे लु ९ प ६९७ नम्बरको मोटारसाईकललाई ठक्कर दिदा गम्भीर घाईते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु पश्चिम क्षेत्रीय टाफ्रिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यता दाङको घोराही–१४मा लु.२ख १६०२ नम्बरको बसले रा.३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घोराही–८ का मेघराज पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनाका कारणले आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।