विद्युतीय हाजिरी मार्फत कर्मचारीको निगरानी

तानसेन राष्ट्रिय

पाल्पा-रैनादेवी छहरा गाउपालिकाले विद्युतीय हाजिरी प्रयोगमा ल्याएको छ ।गाउपालिका अन्तरगतका कार्यालयमा विद्युतीय हाजिरी थालनीले कर्मचारी नियमति गर्ने र जिम्मेवार बनाउन गाउँपालिको उद्देश्य रहेको छ । गाउँपालिकाको करिब २० लाख लगानीमा गाउपालिका कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको गाउपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।

आधुनिक प्रविधिको प्रयोग गरी गाउपालिका मातहतका कार्यालयका काम प्रभावकारी बनाउनका लागि विद्युतीय हाजिरी जडान गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।गाउपालिका मातहतका ८ ओटा स्वास्थ्य चौकी, ८ ओटा वडा कार्यालयमा विद्युतीय हाजिरी जडान गरिसकेको गाउपालिका अध्यक्ष कार्कीले बताउनुभयो । कार्कीका अनुसार १४ ओटा आधारभुत विद्यालयमा विद्युतीय हाजिरी जडान कार्य पौष महिना भित्र सम्पन्न गरिनेछ ।

नियमित रुपमा गाउपालिका अन्तरगत कर्मचारीलाई कार्यालय समयमा हाजिरी र कार्यालय अवधिभर कर्मचारी कार्यालयमा रही सेवा गरी कार्यालय बाहिरिने समयमा हाजिर गरी बाहिर सजिलोका लागि विद्युतीय हाजिरी जडान गरिएको हो । गाउपालिका मातहतका कर्मचारी कार्यालयमा समयमा नै बाहिरिने समस्या आएपछि गाउपालिकाले विद्युतीय हाजिरी जडानमा ल्याएको गाउपालिका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । सवै कार्यालयमा निरिक्षण तथा अनुगमन गर्न एकै पटक सम्भवन नभएकोले विद्युतीय हाजिरी मार्फत एकसाथ कर्मचारीको निगरानी गर्न थालेको छ ।

आर्थिक वर्ष २०७४ सालदेखि गाउपालिका मातहतका कार्यालयमा विद्युतीय हाजिरी जडान गर्दै आएको छ । गाउपालिकाले सवै कार्यालयमा विद्युतीय हाजिरी, इन्टरनेटको पहुँच विस्तार गरी जनताका कामलाई प्रभावकारी तरिकाबाट छिटो छरितो गर्न सहज हुने अपेक्षा सहित काम भएको गाउपालिका स्रोतले जनाएको छ ।

जिल्लको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउपालिका, मुझुङ्ग, छहरा, सिद्देश्वर, सोमादी, जुठापौवा, सत्यवती र बल्ढेगढी लगायतका वडा कार्यालयमा इन्टरनेटको भरपर्दो सुविधा रहेको गाउपालिका प्रवक्ता पोखरेलको भनाई छ । तर, गाउपालिकाले वडा कार्यालयमा इन्टरनेटको पहुँचमा रहेको दावी गरेपनि जुठापौवा, सत्यवती र बल्ढेगढीमा प्रभावकारी सञ्चार हुन नसक्दा स्थानीयबासिन्दा चिन्तित बनेको पाइन्छ ।

गाउपालिकाले मावि तहमा गतबर्ष नै विद्युतीय हाजिरी जडान गरेको थियो । कक्षा ५ सम्म पढाई हुने विद्यालयहरुमा भने विद्युतीय हाजिरी जडान हुन सकेको छैन । गाउपालिकाले वेभ साइट, सामाजिक सञ्जाल मार्फत आफ्ना गतिविधि सार्वजनिक गर्दै आएको छ । तर, युवा पुस्ताको पहुँचमा वेभ साइट, सामाजिक सञ्चाल रहेपनि बुढापाका देखि यो प्रविधि टाडा नै रहेको छ ।