एकल महिलाले सीप पाएः आयआर्जन गर्न बाटो खुल्यो

रामपुर समाचार
 पाल्पा– एकल महिलाले आयआर्जन गरी आत्मनिर्भर बन्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । पाँच दिनसम्म सञ्चालित तालीमबाट रिब्दीकोट गाउपालिकाभित्र एकल महिलाले परालको जुत्ताको नमुना बनाएका छन् । परालका जुत्ता पाँच दिनेको तालीम शनिबार सम्पन्न भएको छ ।
रिब्दीकोट गाउपालिकाको आयोजना र गाउपलिका स्तरीय एकल महिलाको संयोजनमा एकल आश्रित महिलाका लागि परालको जुत्ता बनाउने तालीमको समापनको अवसरमा कार्यक्रममा बोल्दै रिब्दीकोट गाउपलिकाका अध्यक्ष नारायण बहादुरले जीसीले महिलाहरुबाट आएका सोच र चाहानाहरुलाई एकबद्ध रुपमा लैजाने र उनिहरुलाई बति कात्ने, झिनिया बनाउने, ढाका बुन्ने सिलाउने, तालिमले दिएर एकल महिलाहरुले राम्रो आयआर्जन गर्न सक्ने बताउनुभयो ।
रिब्दीकोट गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले कार्यक्रमको एकल महिलाहरुले कार्यलाई निरन्तरता दिन सकेमा उनिहरुले सोचेभन्दा बदी आम्दानी हुन सक्ने बताउनुभयो । प्रशिक्षक गोमा अर्याल एकल महिलाहरुले छोटो समयमा पनि धेरै सिप सिक्न सफल भएको बताउनुभयो ।
बैद्धिक पुजा सामाग्रीका प्रोप्राईटर जिबन पाण्डेले एकल महिलाहरुले बती,परालको चप्पल, धुप, लगायत धेरै भन्दा धेरै पुजा सामाग्रीहरु बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने र एकल महिलाहरुले निर्माण गरेका सामानहरु आफै किनिदिने बताउनुभयो ।
एकल महिलाहरुलाई ५ दिन सम्म गोमा अर्याल र दिपिका थापाले प्रशिक्षक दिनुभएको थियो । रिब्दीकोट गाउपालिकाले कपासको बत्ती काट्न ढाकाको झोला बुन्ने लगायतका सिपहरु पनि सञ्लनमा ल्यएको छ ।
रिब्दीकोट गाउपलिकाले २५ जनालाई ५ दिन सस्म परालको जुत्ता बुन्ने तालिम दिएको थियो । जसमा सबैले एक एक जोडी परालको जुत्ता बुन्न सफल भएका थिए । मिरा कुमारी रानाको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन पबित्रा परियारले गनुभएको थियो ।तालीममा गाउपालिकाभित्रका प्रत्येक वडाबाट एकल महिलाको सहभागीता रहेको थियो ।