एकल महिलालाई परालको जुत्ता बनाउने तालिम सुरु

तानसेन

पाल्पा–एकल महिलाको आर्थिक, सामाजिक रुपमा जीवनस्तर माथि उकास्नका लागि एकल तथा एकल आश्रित महिलाका लागि परालको जुत्ता बनाउने तालिम सुरु भएको छ ।

रिब्दीकोट गाउँपालिकाको आयोजना र गाउपालिका स्तरीय एकल महिला सञ्जालको संयोजनमा पाँच दिने तालिममा गाउपालिकाभित्रका ८ वडाका २७ जना महिला र २ जना पुरुषले परालको चप्पल बनाउने सिप सिकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष नारायण बहादुर जिसीले तालिमको उद्घाटन गर्दै एकल महिला तथा उद्यमशील महिलाका लागि विभिन्न आर्यमुलक तथा सीपमुलक काम सिकाउने बताउनुभयो ।

गाउपालिका भित्रका ६० जना एकल महिलाले ३० किलो कपासबाट बत्ती बनाउने काम सम्पन्न भएको र यहि पुस ४ गतेबाट २४ जना एकल महिलाका लागि बाटेको धुप बनाउन तालिम सञ्चालन हुने बताउनुभयो ।

फागुन महिनामा झिनीया बनाउन कामको थालनी हुने र झिनीयबा बनाउनका लागि मेसिन ल्याउने काम भएको गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताउनुभयो ।

कार्यक्रमकी विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले महिलाहरुलाई सीप र साधन र स्रोतको उपलब्ध गराई सक्षम बनाउने बताउनुभयो । कार्यक्रममा गाउपालिाक सदस्य लिला कुमारी आचार्यको स्वागत मन्तव्य र एकल महिला सञ्जालकी अध्यक्ष मीरा रानाको अध्यक्ष र गाउपालिकाकी महिला शाखाकी पवित्रा परियारले सञ्चालन गर्नुभएको थियो ।

गुल्मी जिल्ला रुरु गाउपालिकाकी गोमा अर्याल मरासीनी र दिपीका थापाले परालको चप्पल बनाउने तालिमको सहजीकरण गर्नुभएको थियो । तालिम पुस ३ गतेदेखि पुस ७ गतेसम्म सञ्चालन हुने छ ।