बगनासकालीको राम आविमा कक्षा २ मा छात्रा शून्य !

तानसेन राष्ट्रिय

कृष्ण दर्नाल

पाल्पा– जिल्लाको बगनासकाली गाउपालिका १ घोरबन्दाको राम आधारभूत विद्यालयको कक्षा दुईमा छात्रा शुन्य छन्, भन्दा अनौठो लाग्न सक्छ । तर, त्यो घटना चाहि सत्य नै हो । कक्षा दुईको कक्षाकोणमा दुई बेन्च र दुई डेक्समा पाँच जना छात्र छन् । उनीहरु मात्र पढ्छन् । यो शैक्षिक सत्रमा कोही पनि छात्रा भर्ना नहुदाँ कक्षा दुईमा छात्रा शुन्य बनेको हो ।

कुमाल समुदायको बाक्लो बस्ती रहेको विद्यालयमा गत शैक्षिक सत्रमा कक्षा एकमा दुई जना छात्रा र ६ जना छात्र रहेको थिए । निकिता बस्यालका अभिभावक बसाईसराई गरी अन्यत्र गए र सुप्रिया बस्याललाई ‘कलास जम्प्’ गरी कक्षा तीनमा भर्ना गरेपछि दुई कक्षामा छात्रा नै भर्ना हुन नसकेको हो । अहिले कक्षा दुईमा कुमाल समुदायका पाँच छात्र मात्र अध्ययन गर्छन् । मनिस कुमाल, मनजित कुमाल, तुल बहादुर कुमाल, रोसन कुमाल र रोहित कुमाल रहेको शिक्षक रामप्रसाद शर्माले बताउँनुभयो ।

जिल्ला सदरमुकाम तानसेन सगै जोडिएको घोरबन्दाको राम आधारभूत विद्यालयमा छात्रा ७१ जना र छात्रा ७५ जना गरी जम्मा १४६ जना बालबालिकाले अध्ययन गर्ने पाठशाला हो । प्याब्सनको पाठ्यपुस्तक पढाई हुने यस विद्यालयमा नर्सरीमा छात्रा ५ जना, छात्र ७ जना गरी १३ जना, एलकेजीमा छात्रा १० छात्र १५ जना, युकेजीमा छात्रा ८ र छात्र ६, कक्षा १ मा छात्रा ९, छात्र ५ गरी १४ जना, कक्षा २ मा छात्रा शुन्य छात्र ५ जना रहेको विद्यालयको रेकर्डमा देखिएको छ ।

यस विद्यालयमा कक्षा तीनमा छात्रा ६ र छात्र ५ जना, कक्षा ४ मा छात्रा ९ छात्र ५ गरी १४ जना, कक्षा ५ मा छात्रा ३ र छात्र १० जना गरी १३ जना, कक्षा ६ मा छात्रा ११ जना र छात्र ६ जना गरी १७ जना, कक्षा ७ मा छात्रा ७ र छात्र ७ गरी १४ जना र कक्षा ८ मा छात्रा ३ र छात्र ८ गरी ११ जना बालबालिकाले अध्ययन गर्छन् । यस विद्यालयमा अधिकाँश कुमाल र मगर समुदायका बालबालिकाले अध्ययन गर्ने विद्यालयमा बाहुन क्षेत्रीका ६ जना बालबालिकाले मात्र अध्ययन गर्दै आएको शिक्षक रामप्रसाद शर्माले बताउँनुभयो ।
अंग्रेजी पढाई
राम आधारभूत विद्यालयका नर्सरी देखि कक्षा आठसम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुदँै आएको छ । विस २०६६ सालदेखि नर्सरी कक्षा देखि अंगे्रजी माध्यमबाट पठनपाठन सुरु गरी अहिले कक्षा ८ सम्म पढाई हुदँै आएको छ । विद्यायलले विद्यार्थी संख्या बढाउने योजनाका साथ अग्रेजी माध्यमबाट पढाई सुरु गरेपनि विद्यार्थीको आकर्षणको केन्द्र हुन सकेन । पहिला अलि बढी विद्यार्थी रहेको विद्यालय नजिकैको बस्तीमा नीजि स्कुल खोलेपछि केही विद्यार्थी घटेको हो । ०६३ सालमा करिब ३ सय भन्दा बढी विद्यार्थी रहेको यस विद्यालयमा अहिले दुई सय भन्दा कम विद्यार्थीले मात्र अध्ययन गर्छन् ।
तलब खुवाउन समस्या
विद्यालयमा १४ जना शिक्षक रहेका छन् । जसमा ५ दरबन्दीका शिक्षक, ३ राहतका शिक्षक, एक बालशिक्षिका र ६ जना नीजि शिक्षक रहेका छन् । नीजि स्रोतका शिक्षिकलाई तलब व्यवस्थापन गर्न विद्यालयलाई चुनौती खेपेका छन् । बालबालिकादेखि मासिक शुल्क उठाउन बाध्य छन्, भने गाउपालिका र अक्षयकोषको रकमबाट नीजि शिक्षकको पारिश्रमिकको जोहो गर्नु बाध्यछन् । विस २०१७ सालमा स्थापना भएको यस विद्यालयको सिकाई उपलब्धी ५५ प्रतिशत रहेको छ । यस विद्यालयमा कक्षा चारदेखि ८ सम्म कम्युटर विषयको अध्ययन हुन्छ ।

पठनपाठन नाचगानमा
बालबालिका पढ्न भन्दा खेल रुचाउँछन्, विद्यालयका पढेका कुरामा घरमा फर्केपछि प्राय जसो बालबालिका दिनभर पढेलेखेको कुरा बिर्सिन्छन् । पाल्पा बगनासकाली गाउँपालिका–१,घोरबन्दाको राम आधारभूत विद्यालयको समस्या पनि पहिला यस्तै प्रकृति रहेको थियो । कुमाल बस्तीसँगै जोडिएको विद्यालयमा तल्ला कक्षामा पढेलेखेका कुरा अभिभावकका अगाडि लेख्न र पढ्न मुस्किल हुने गर्दथ्यो, अभिभावकले दुख सुख गरी बालबालिकालाई विद्यालय पढाउने र शिक्षक शिक्षिकाको हेलचेक्राई गर्दा बालबालिकाले लेखपढ गर्न नसकेको दोष शिक्षकमाथि आउने गर्दथ्यो ।

राम आधारभूत विद्यालयको पठन सिप फेरिएको छ । बालबालिका र शिक्षिका एउटै तालमा नाच्छन्, बालगीत गाउँछन्, शिक्षक शिक्षिका र बालबालिकाको सम्बन्ध पनि साथीको जस्तो देखिन्छ् । विद्यार्थीलाई गाली होइन माया, प्रेम, सद्धभाव र सहयोग गरी शिक्षिकाले सिक्ने सिकाउने काम हुन्छ । बालशिक्षिका रोजी बरालका अनुसार बालगीतमा गाएर नाच्छन्, बालबालिका रमाउन थाल्छन्, यसरी विहान १० बजेदेखि दिउसो साढे दुई बजेसम्म विद्यालयमा नै धानिन्छन्, नर्सरी एलकेजी, युकेजीका बालबालिका ।
बालगीत गाएर शिक्षक विद्यार्थी नाच गान गरी पठनपाठनले विद्यार्थीहरु नियमित विद्यालय उपस्थित हुने र उनीहरु दिनभर सक्रिय रहीरहने शिक्षक बताउछन् । नर्सरी देखि कक्षा ८ सम्म अग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयको कक्षा तीनसम्म अतिरिक्त पठनपाठन अन्तरगत नाचगान, खेल तथा बालबालिकामय पठन सिपका कारण विद्यार्थीहरु नियमित विद्यालय उपस्थिति हुदँै आएको बालशिक्षिका बरालले बताउनुभयो ।

अभिभावक सचेत ः शिक्षक रामप्रसाद शर्माका अनुसार आफ्ना बालबालिका बिहानमा विद्यालयमा ल्याउने र साँझमा बालबालिका लिनका लागि अभिभावकले आउनुहुन्छ ।
तलब खुवाउन समस्या
विद्यालयमा १४ जना शिक्षक रहेका छन् । जसमा ५ दरबन्दीका शिक्षक, ३ राहतका शिक्षक, एक बालशिक्षिका र ६ जना नीजि शिक्षक रहेका छन् । नीजि स्रोतका शिक्षिकलाई तलब व्यवस्थापन गर्न विद्यालयलाई चुनौती खेपेका छन् । बालबालिकादेखि मासिक शुल्क उठाउन बाध्य छन्, भने गाउपालिका र अक्षयकोषको रकमबाट नीजि शिक्षकको पारिश्रमिकको जोहो गर्नु बाध्यछन् । विस २०१७ सालमा स्थापना भएको यस विद्यालयको सिकाई उपलब्धी ५५ प्रतिशत रहेको छ । यस विद्यालयमा कक्षा चारदेखि ८ सम्म कम्युटर विषयको अध्ययन हुन्छ ।
–––